बलिउड निर्देशक राकेश रोशनलाई घाँटीको क्यान्सर !


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

बलिउड अभिनेता ऋतिक रोशनका बुवा निर्देशक राकेश रोशनलाई घाँटीको क्यान्सर भएको छ । यो कुरा ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत जानकारी गरेका छन् ।

ऋतिकले मंगलबार इन्स्टाग्राम मार्फत जानकारी सेयर गरेका हुन् । उनले लेखेका छन्, ‘आज बिहानै मैले बुवासँग फोटोको लागि अनुरोध गरे । मलाई थाहा छ उहाँ सर्जरीको दिन पनि जिम गर्न छोड्नुहुने छैन ।

बुबा मेरो जिन्दगीको सबै भन्दा बहादुर एक मात्र व्यक्ति हो । उहाँलाई घाँटीको क्यान्सर छ । यो सुरुवाती चरण हो । उहाँ पुरै जोशका साथ रोगसँग लड्दै हुनुहुन्छ । हाम्रो परिवारमा उहाँजस्तो नेतृत्व गर्ने व्यक्ति पाएकोमा हामी भाग्यशाली छौँ ।’

क्यान्सर लागेको खबरले बलिउडकर्मीहरुलाई दुःखी तुल्याएको छ । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्य लाभको शुभकामना दिएका छन् । राकेश रोशन ‘कृष ४’को तयारीमा थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com