बैतडीमा चितुवाको आक्रमणबाट २३ जनाको मृत्यु !


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो ।

मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन् । एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना भने घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन् ।

चितुवा आतंक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन् । स्थानीयले पनि आफ्नै ढंगले प्रयास गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर चितुवा आक्रमण रोकिएको छैन। यसबीचमा बर्से्नि चितुवा मारिने क्रम पनि बढ्न थालेको छ । गत साता बैतडीको सिगास संरक्षित वन क्षेत्रनजिकै सिकारीले थापेको पासोमा परेर एउटा चितुवा मारियो ।

त्यसको एक दिनअघि मात्रै बैतडीको तल्लो स्वराडसँग सीमा जोडिएको डडेल्धुरामा पनि एउटा चितुवा मारिएको थियो। भदौमा पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा एकएकवटा चितुवा मृत अवस्थामा फेलाको   खबर  आजको नागरिक दैनिकमा छ |

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com