क्यानडाले १० लाख विदेशीलाई पीआर दिने


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

क्यानडाको संसदले आगामी ३ वर्षमा १० लाख विदेशीलाई  पीआर(स्थाई बासिन्दा)  दिने  घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १% बराबार मानिसहरु विदेशबाट लिदैंछ ।

सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ ।

‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।

हुसेन आफै पनि कुनै समय सोमालियाबाट आप्रवासीका रुपमा क्यानडा आएका थिए । उनले नयाँ आउनेहरुले देशको घट्दो जन्मदर र बढ्दो बृद्ध जनसंख्याले गर्दा श्रम शक्तिमा पर्ने असरलाई न्यूनिकरण गर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडाले नव प्रवेशीहरुप्रति थप मैत्रीपूर्ण नीति त्यो बेला पनि आएको छ, जब संयुक्तराज्य अमेरिकासमेत कयैन पश्चिमा राष्ट्रहरु आप्रवासन नीति प्रति बन्देजकारी नीति अंगिकार गरिरहेका छन् ।  क्यानडाले विशेष गरेर शरणार्थीहरुको सुरक्षा दिने कुरामा ध्यान दिने गरेको छ ।

 सीएनएन

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com