अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीलाई २०१८ जुनसम्म सुविधा


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

अमेरिकामा अध्ययनरत भूकम्पपीडित नेपाली विद्यार्थीहरुलाई अमेरिकी सरकारले सन् २०१८ को जुनमहिनासम्मका लागि विशेष सहुलियत प्रदान गरेको छ ।

सन् २०१५ को अप्रिल २५ मा नेपालमा गएको भूकम्पबाट प्रत्यक्ष प्रभावित भएर आर्थिक समस्या भोगिरहेका नेपाली विद्यार्थीहरुलाई सन् २०१८ को जुनमहिनासम्म अमेरिकामा काम गर्न पाउने गरी वर्क परमिट प्रदान गर्ने सुविधामा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले हस्ताक्षर गरेका हुन् ।

यसअगाडि यो सुविधा सन् २०१६ को डिसेम्बर २४ मा समाप्त भइसकेकोमा अमेरिकी सरकारले डिसेम्बर २७ मा सुचना जारी गरी यो सुविधा १८ महिनाका लागि थपिएको जनाएको छ । यो सुविधा सन् २०१६ को डिसेम्बर २७ देखि नै लागु भइसकेको छ ।

यसबारे आज प्रकाशित सुचना हेर्न यहाँ क्लिक गर्नुहोला । 

यो सुविधा अन्तरगत भूकम्प प्रभावित अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले अन्य विद्यार्थीको तुलनामा कलेज संचालनको अवधिमा समेत धेरै घण्टा काम गर्न पाउनेगरी वर्क परमिटका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उनीहरुले वर्क परमिट प्राप्त गरेको अवधिमा पनि काम गर्दै आफ्नो विद्यार्थी भिसाको स्टेटस भने जोगाइराख्नुपर्नेछ । जस अन्तरगत अण्डरग्रयाजुअट विद्यार्थीहरुले प्रत्येक सेमेस्टरमा ६ क्रेडिट आवर र ग्रयाजुअट विद्यार्थीहरुले प्रत्येक सेमेस्टरमा ३ क्रेडिट आवर भने अनिवार्य पुराउनुपर्नेछ ।

अतिरिक्त घण्टा काम गर्न पाउनेगरी वर्क परमिटको सुविधा प्राप्त गर्नका लागि विद्यार्थी नेपाली नागरिक हुनुपर्ने, अप्रिल २५ , २०१५ देखि कानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेको हुनुपर्ने, विद्यार्थी भिसा कायम राखेको हुनुपर्ने र नेपालमा गएको भूकम्पबाट आर्थिक समस्यामा परेको हुनुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

यो सुचना एलिमेन्टरी स्कुल, मिडल स्कुल र हाइस्कुलका नेपाली विद्यार्थीहरुका हकमा समेत लागु हुने जनाइएको छ । तर उनीहरुका हकमा र कलेजका विद्यार्थीहरुका हकमा फरक तरिकाले लागु हुनेछ । कलेज र विद्यालय सारेका विद्यार्थीहरुका लागि समेत यो सुविधा प्राप्त हुने जनाइएको छ ।

भूकम्पपछिको नेपालको अवस्थामा उल्लेख्य सुधार नआएका कारण भूकम्पप्रभावित अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई सहज अवस्था सृजना यो सुविधा थपिएको अमेरिकी सरकारले जनाएको छ । अमेरिकाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकाले भूकम्पप्रभावित अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीका लागि वर्क परमिट प्रदान गर्ने सुविधा थपेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

यसबारेमा थप जानकारी चाहिएमा अमेरिकी सरकारको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अन्तरगत स्टुडेण्ट एण्ड एक्सचेन्च भिजिटर प्रोग्रामका डाइरेक्टर लुइस फारेललाई फोन नम्बर ७०३ -६०३ – ३४०० मा सम्पर्क गर्न सकिनेछ ।

यसबारेका अन्य नियम भने गतबर्ष जारी सुचना अनुशार नै हुने जनाइएको छ । अन्य नियमहरु हेर्न यहाँ क्लिक गर्नुहोला । 

तस्विरमा : युएससीआईएसले तयार गरेको वर्क परमिटको नमुना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com