ग्रिनकार्ड पाउने नियममा व्यापक परिवर्तन, जालसाजीबिरुद्ध लड्ने सरकारी तयारी


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

नेपालीहरुले व्यापक उपयोग गर्दै आएको अमेरिकामा जागिरको अफर बिना नै दक्षताका आधारमा ग्रिनकार्ड पाउने ‘एक्स्ट्राअर्डिनरी एबिलिटी’को नियममा अमेरिकी सरकारले नयाँ नियम ल्याएको छ । व्यापक परिवर्तनसहित ल्याइएको यो नियम आगामी जनवरी १७ देखि लागु हुनेछ ।

विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुदका क्षेत्रमा आफूलाई एक्स्ट्राअर्डिनरी प्रमाणित गरेर ग्रिनकार्ड पाउने लगायत ईबी वान, टू र थ्रीका नियममा व्यापक परिवर्तन गरिएको हो । नियम परिवर्तन सहित यस्ता ग्रिनकार्डका लागि हुने जालसाजी रोक्न अमेरिकी सरकारको युएससीआईएसले विशेष योजना ल्याएको छ ।

जालसाजी भएको प्रमाणित भएमा स्वीकृत भइसकेका आवेदन समेत खारेज हुनसक्ने सम्मको नियम युएससीआईएसको रहेको छ । कसैले जालसाजी गरेको सुचना पाएमा त्यो सुचना प्रदान गर्नका लागि युएससीआईएसले इमेल ठेगाना र हुलाकको ठेगाना समेत प्रदान गरेको छ ।

अमेरिकाले वर्षेनी दर्जनौं नेपालीहरुलाई असाधारण प्रतिभा (एक्स्ट्रा अर्डिनरी एबिलिटी ) का रुपमा स्वीकारेर ग्रिनकार्ड प्रदान गर्दै आएको छ । यसरी ग्रिनकार्ड पाउनेहरु अधिकांश नेपाली कलाकारहरु रहेका छन् । त्यो बाहेक पत्रकार, प्रोफेसर, शोधकर्ताहरु, बहुराष्ट्रिय कम्पनीका मेनेजरहरु र त्यस्ता कम्पनीका उच्च अधिकारीहरुले समेत असाधारण क्षमताका आधारम ग्रिनकार्ड प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत आर्थिक बर्ष २०१५ मा मात्र ७६ जना नेपालीहरुले असाधारण योग्यताका आधारमा ईबी वान क्याटेगोरिमा ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यस्तै २०१५ मा इबी टु क्याटेगोरीबाट ९१९ जना र इबी थ्री क्याटेगोरीबाट ३७७ जना नेपालीहरु ग्रिनकार्डका लागि योग्य ठहरिएका थिए ।

यसबारेको विस्तृत समाचार खसोखास साप्ताहिकमा प्रकाशित गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com