बुबासँग काम गर्न किन डराईन, आलिया


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

सञ्जय दत्त र पूजा भट्ट स्टारर फिल्म ‘सडक’को सिक्वल बनाउने तयारी भैरहेको छ । महेश भट्टले निर्देशन गर्ने फिल्ममा उनको छोरी आलिया भट्ट लिड रोल गर्दैछिन् ।

आलियाले पहिलो पटक आफनो बुबाको निर्देशनमा काम गर्न लागेकी हुन् । आलियाले बुबाको निर्देशनमा काम गर्न थोरै डर लागेको बताएकी छन् ।

उनले भनिन्, ‘बुबासँग दिनकै सम्पर्कमा रहँदा पनि ‘सडक २’ मा यात्रा सुरु गर्नु भन्दा पहिला थोरै डराईरहेको छु ।’ उनले थपिन् ‘मैंले आफनो अगाडि एक पर्खाल बनाए भन्ने मेरो बुबा सोच्नु हुन्छ ।

जसलाई उहाँ तोड्न चाहनु हुन्छ ।’ सन् १९९१ मा बनेको रोमान्टिक फिल्म सडक महेश भट्टले निर्देशन गरेका थिए । महेश भट्ट बीस वर्ष पछि आलियाको लागि निर्देशनमा फर्किएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सडक २’ को केहि समय पछि टीजर रिलिज हुनेछ, भने फिल्म २०२० मार्चमा हुनेछ । फिल्ममा आलियाको साथै आदित्य राय कपूर, पूजा भट्ट, सञ्जय दत्त लगायत कलाकारहरुको अभिनय रहने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com