अब रोजगारीको लागि युएई र ओमान जान शुन्य लागत


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र युएईसँग पनि मलेसियाजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझादारी९एमओयु० गर्ने तयारी गरेको छ।

एमओयुका लागि नेपालले जनवरीभित्र ओमान र युएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। नेपालले युएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को अभिसन्धिअनुसार गर्ने र ओमानसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको  छ।

युएई र आमोनअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी दुई देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ।

युएई र ओमानसँग गरिने एमओयुको अवधारणमा अहिलेको आवश्यकताअनुसार निःशुल्क रुपमा श्रमिक जानसक्ने वातावरण तयार गर्ने गरी समझदारी गरिने सोच रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com