प्रहरी प्रधान कार्यालयले पुसमा टेन्डर माग्यो, वैशाखमा ज्याकेट आउने


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

१५ हजार पाँच सय ज्याकेट किन्न १८ पुसमा (गत बुधबार) मात्र टेन्डर आह्वान, एक महिनासम्म टेन्डर भर्ने म्याद

देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ ।

प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार पाँच सय ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि १८ पुसमा टेन्डर आह्वान गरिएको आजको नयाँ पत्रिकामा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ । एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ । त्यसपछि आशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ । टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउने सम्भावना कम छ ।

प्रशासन विभाग र प्रबन्ध शाखा लामो समय नेतृत्वविहीन भएकाले ज्याकेट खरिदमा ढिलाइ भएको हो । दुवै निकायमा प्रमुख आएपछि खरिद प्रक्रिया अघि बढाइएको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विगतमा समयमै ज्याकेट खरिद हुन नसक्दा अहिले समस्या देखिएको बताए । ‘ज्याकेट पर्याप्त नहुनुको एउटा कारण विगतमा आपूर्तिकर्ताले गुणस्तरहीन सामान दिन खोजेपछि टेन्डर नै रद्द गरेर बजेट फ्रिज हुन पुगेको थियो,’ प्रवक्ता सुवेदीले भने, ‘अर्काे कारण भनेको नयाँ दरबन्दीअनुसार खरिद गर्न समय लाग्ने गरेको छ ।’

प्रहरीलाई हरेक ३ वर्षमा ज्याकेट दिनुपर्ने व्यवस्था छ । तर, कुनै पनि प्रहरीले स्केलअनुसार ज्याकेटलगायत सुविधा पाउने गरेका छैनन् । पाए पनि कमसल हुन्छन् । धेरै प्रहरी थोत्रा ज्याकेट लगाएर ड्युटी गरिरहेका छन् । कतिपय जिल्लामा एउटै ज्याकेट पालैपालो लगाएर पनि प्रहरीले ड्युटी गर्नुपर्ने बाध्यता छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com