युटिएलले ठेक्कामा ३ अर्ब ३५ करोडको अनियमितता !


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब ३५ करोड रुपैयाँको ठेक्का अनियमित तरिकाले युटिएललाई दिएको पाइएको छ ।

दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाब समितिले योग्यता नै नपुगेको युटिएललाई अनुदानस्वरूप ठेक्का दिएको निष्कर्ष निकालेको हो । झाले आफूमाथि भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिँदै ११ पुसमा पदबाट राजीनामा दिए पनि स्वीकृत भएको भने छैन ।

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार एवं सञ्चालनका लागि प्राधिकरणमातहत रहने गरी ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) खडा गरिएको छ । उक्त कोषमा प्राधिकरणबाट विभिन्न सेवाको अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकबाट वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम जम्मा गरिँदै आएको छ । ब्याजसहित कोषमा हाल करिब २२ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।

कोषमा रहेको रकम उपयोग गर्ने प्रयोजनका लागि गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तिबाङसम्मको मध्यपहाडी लोकमार्ग तथा प्रदेश ४ र ५ मा पर्ने २१ जिल्लाहरूमा दूरसञ्चार पूर्वाधार निर्माण गर्न सेवा प्रदायकबाट १३ असोज ०७३ मा प्राधिकरणले आशयपत्र माग गरेको थियो । जसमा युटिएलसहित एनसेल र वर्ल्डलिंक गरी ३ सेवा प्रदायक सहभागी भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आशयपत्रको वित्तीय तथा प्राविधिक विश्लेषण गरी सुझाब पेस गर्न प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । तर, उक्त समितिले आशयपत्र पेस गर्ने सेवा प्रदायकको प्राविधिक तथा वित्तीय योग्यता विश्लेषण नै नगरी न्यून रकम अनुदान माग गरेकै आधारमा युटिएललाई ठेक्का दिन सिफारिस गरेको छानबिन समितिको ठहर छ ।

तत्कालीन समितिका एक सदस्यले कैफियत केलाएरै निश्चित सर्तनामा राखेर ठेक्का दिन सुझाइएको दाबी गरे । यद्यपि, समितिकै सिफारिसलाई आधार मान्दै अध्यक्ष दिगम्बर झाले युटिएलको टेन्डर स्वीकृत गरे । उक्त ठेक्कामा एनसेलले सबैभन्दा बढी २ अर्ब ७१ करोड रुपैयाँ, वर्ल्डलिंकले २ अर्ब ५० करोड रुपैयाँ र युटिएलले २ अर्ब १ करोड रुपैयाँ बोलकबोल प्रस्ताव दर्ता गराएका थिए । दुई वर्षभित्र तोकिएको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।  यो खबर आजको नयाँ पत्रिकामा छ ।

सुरुमा आर्थिक प्रस्ताव खोलिने र त्यसपछि प्राविधिक विश्लेषण गर्ने गरिएको प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन् । कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन २५ वैशाख ०७४ मा स्वीकृृत गरेको ३ अर्ब ३५ करोड २० लाख रुपैयाँको ठेक्कामा हालसम्म कुनै प्रगति भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com