ब्रेकअपपछि डिप्रेसनमा गायिका नेहा कक्कड !


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

इन्डियन आइडलकी जर्ज तथा भारतिय सकिरा  चर्चित गायिका नेहा कक्कड केही दिनयता निकै भावुक र तनावग्रस्त भएकी छन । उनको प्रेमी हिमान्शु कोइलीसँग ब्रेकअप भएपछि नेहा डिप्रेशनमा गएकी हुन् । आफूलाई डिप्रेसन भएको खुलासा नेहाले इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन।

उनले आफू डिप्रेशनमा रहेको कुरा स्विकार्दै लेखेकी छिन्, ‘हो म डिप्रेसनमा छु । दुनियाँका सबै नेगेटिभ मान्छेहरुको कारण । तपाईंहरूले मलाई यति गाह्रो समय दिन सफल हुनुभएको छ । बधाई छ, तपाईं सफल हुनुभयो ।’

नेहा कक्कड र हिमान्श कोइली रिलेशनशिपमा रहेको कुरा केही महिना अगाडी मात्रै सार्वजनिक भएको थियो । हिमान्श इन्डियन आइडलको सेटमा समेत पुगेका थिए । यसको केही समयपछि ब्रेकअपको खबर बाहिरियो । हिमान्शसँग ब्रेकअफ भएपछि नेहाले भावुक पोस्ट समेत गरेकी थिइन् । नेहाको कन्सर्टमा समेत आँशु रोकिएको थिएनन।

नेहाले हिमान्शसँग भएको हरेक फोटो डिलेट गरिसकेकी छन । आफुलाई भुलाउन हर तरिकाको कोशिशमा नेहा लागेकी छन । उनी ब्रेकअपपछि म्युजिकल्ली टिकटकमा सक्रिय देखिन थालेकी छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com