पपुवा न्युगिनी : ८० लाख जनसंख्या, ८ सय भन्दा धेरै भाषा
पपुवा न्युगिनीमा ८० लाख जनसंख्या रहेको छ । तर उक्त देशमा ८ सय भन्दा धेरै प्रकारका भाषाहरु बोलिन्छ । पपुवा न्युगिनीमा ८ सय ४१ प्रकारका भाषाहरु बोलिने जनाइएको छ ।
सम्भवत पपुवा न्युगिनी नै संसारको सबैभन्दा धेरै प्रकारका भाषा बोलिने देश हो । उक्त देशमा सबैभन्दा धेरै बोलिने भाषा भने पिडजिन इंग्लिस हो । यो भाषा ८० देखि ८५ प्रतिशत अँग्रेजी भाषाबाट आयातित रहेको छ ।





