मेलम्चीको काम २२ दिनदेखि ठप्प, ठेकेदार कम्पनीका सीईओ वार्ता गर्न नेपाल आउँदै


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।

आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई  सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो  समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ ।

ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठुलो रकम क्षतिपुर्ति माग्दै आएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com