म र बाबुराम मिल्ने दिन नजिकिंदै छ : प्रचण्ड


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले आफुू र बाबुुराम भट्टराई मिल्ने दिन नजिकिइरहेको दाबी गरेका छन् । माओवादी सांसद तथा नेता भक्ति प्रसाद पाण्डेको जीवनमा आधारित पुस्तक चाचाको सार्वजनिकीकरणका अवसरमा एउटै मञ्चमा उपस्थित प्रचण्ड बाबुराम दुवै जनाले आफूूहरुबीचको एकता आवश्यक रहेको बताए । कार्यक्रम बोल्दै दुवै जना नेताले आफूहरुबीचको २५ वर्षभन्दा लामो सहकार्य विचारका आधारमा भएको दावी गर्दै सबैभन्दा बढी आफूहरुले नै आफूहरुलाई बुझेको दावी गरे । प्रचण्डले बाबुुरामलाई पार्टी छोड्ने काममा अलिक हतार गरेको भन्न बाहेक कुनै आलोचना गरेनन् । बरु उनले भने स्थितिले हामी दुवै जनालाई नजिक ल्याउन बाध्य पार्दैछ ।

प्रचण्डले यसोभन्दा हलमा उपस्थित नयांशक्ति र माअ‍ोवादी कार्यकर्ताले ताली बजाएका थिए । बाबुरामले जनयुुद्ध नेपाली भूमिमा नेपाली बुद्धिका आधारमा भएको भन्दै विदेशी गन्ध देखाएर बद्नाम भइरहेको भन्दै आलोचना गरे । बाबुरामले विवेक शाह र पत्रकार सुधीर शर्माले जनयुद्धको तथ्यलाई वंग्याएर पुलिन्दा पस्केको भन्दै आक्रोश व्यक्त गरे । भक्तिप्रसाद पाण्डेको जीवनमा आाधारित पुस्तक चाचा सांग्रिला बुक्सले पत्रकार सिताराम बरालको सहयोगमा प्रकाशन गरेको हो । कार्यक्रममा माओवादी नेता दीनानाथ शर्मा र पाण्डेका छोरा विश्वदिप पाण्डेले पनि बोलेका थिए । भक्ति पाण्डेको गत कात्तिक २८ गते क्यान्सर रोगका कारण निधन भएको थियो । पाण्डेको पुुस्तकमा जनयुद्धका बेला हतियार ओसार पसार देखि तस्करहरुसंगको झडप जस्ता अनेकन रोचक तथ्यहरु रहेका छन् ।

आजै सार्वजनिक पुुस्तककको एक अंश

म भारतको मुख्य टार्गेटमा थिएं : स्व. पाण्डे

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले पार्टी र जनमुक्ति सेनाको आवश्यकता अनुसार दिइएको जिम्मेवारी पूरा गरिरहेका थियौँ । तर, चुनबाङ बैठकताका अनौपचारिक कुराकानी चल्दै गर्दा देव गुरूङले हाम्रो कामलाई कम आँक्नुभयो । हुन त उहााले अनौपचारिक कुराकानीमा त्यस्तो भन्नुभएको थियो, तर जति बेला भनिएको होस्, त्यो हाम्रा लागि निकै गम्भीर थियो । हाम्रो कामको न्यून मूल्याङ्कन हुने गरी भनिएको थियो । chacha book उहााले भन्नुभएको थियो, “शहीद त्यस्तो व्यक्तिलाई भनिन्छ, जसले देशभित्र देश र जनताको लागि लड्दालड्दै मृत्युवरण गर्छ । सप्लाईको काममा गएको होस् वा अरु कुनै काममा, यदि कसैको मृत्यु देशबाहिर भयो भने त्यसलाई पार्टीले शहीद घोषणा गर्दैन । देशबाहिर मारिनेलाई शहीद घोषणा गर्न पनि मिल्दैन ।” उहाँको कुरा सुनेर म छक्क परेँ । निराश पनि भएँ । रिस पनि उत्तिकै उठ्यो । सोचेँ— ‘यति वरिष्ठ नेताले नै हाम्रो कामको महत्व बुझ्दैनन् र जिम्मेवारी निर्वाह गर्दागर्दै हामी मारिए पनि शहीद मानिँदैन भन्छन् भने, किन यो काम गर्ने ? देशभित्र मर्नेलाई मात्र शहीद मान्ने हो भने, हामी किन भारत जाने ?’ यिनै कुरा मेरो मनमा फनफनी नाचिरहे ।

मैले अध्यक्ष प्रचण्डलाई गुरूङका कुरा सुनाउादै शिकायत गरेँ, “सप्लाईका काम गरिन्न अब । देशभित्रै आएर काम गरिन्छ । पार्टी र क्रान्तिको लागि काम गर्दा मृत्यु भयो भने पनि शहीद घोषणा नगर्ने हो भने किन काम गर्ने ?” प्रचण्ड गम्भीर बन्नुभयो र भन्नुभयो, “जोप्रति मलाई आशा र विश्वास छ, त्यसले काम गर्दिनँ भन्ने ? जोप्रति आशा पनि छैन, विश्वास पनि छैन, त्यसलाई यस्तो गम्भीर कामको जिम्मेवारी दिने ? तपाईंले यत्ति मात्र भन्नुस्, मलाई सहयोग गर्ने कि नगर्ने ?” “सहयोग नै गर्ने भनेर एकता गरेको हो, दाइ ! तर, पार्टीका नेताहरु नै यस्तो कुरा गर्छन् अनि कसरी काम गर्न सकिन्छ ?” मैले भनेँ । प्रचण्डले मलाई कन्भिन्स गर्न खोज्नुभयो । भन्नुभयो, “सप्लाईको इन्चार्जसिप तपाईंले सम्हाल्नुस् । भित्र पासाङसँग कोअर्डिनेट गर्नुस् । र, हेडक्वार्टरसित पनि सम्पर्क गरिरहनुस् । अरुले जे भने पनि त्यसको ख्याल नगर्नुस् । आन्दोलनको क्रममा खटिादा जहाा जे गरेर शहादत प्राप्त गरेको भए पनि शहीद मानिन्छ । ढुक्क हुनुस् ।” नेतृत्वमा बसेका कतिपय नेता देव गुरूङले जसरी नै हाम्रो कामको महफ्व बुझ्दैनथे वा नबुझे जस्तो गर्थे; तर हामीले भने खरीद र

सप्लाईका क्रममा पटकपटक खतराको सामना गरिरहनुपर्थ्यो । चाहे त्यो नेपाल आउँदा होस् वा भारतमा रहादा, त्यस्ता कैयौँ खतरनाक क्षणहरु मैले पनि जनयुद्धकालमा भोगेँ । … … २०६२ सालमा माओवादीले संसदवादी दलहरुसँग मिलेर निरङ्कुश राजतन्त्रविरूद्ध सङ्घर्ष गर्ने निर्णय गर्‍यो र यसको वातावरण बनाउन कृष्णबहादुर महराको नेतृत्वमा एउटा समिति बनायो । यही विषयमा कुराकानीका लागि महरा नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ भारतीय पक्षसँग भेट हुँदा भारतीय अधिकारीहरुले मेरा बारेमा पनि कुराकानी गरेका रहेछन् । महराले बताउनुभए अनुसार, भारतीय अधिकारीहरुले भनेछन्, “हामी तपाईंका नेताहरु मोहन वैद्यलाई पनि छाडिदिन्छौँ; सीपी गजुरेललाई पनि छाडिदिन्छौँ । उहााहरुलाई केही गर्दैनौँ; मार्दैनौँ पनि ।

अरु राजनीतिक नेताहरुलाई पनि केही गर्दैनौँ । तर, तपाईंको पार्टीमा सप्लाईको काम गर्ने चाचा भन्ने जो व्यक्ति छन्, उनी चाहिँ हाम्रो लागि खतरनाक व्यक्ति हुन् । उनी हतियारको काम गर्छन् । भारतमा आतङ्क फैलाइरहेका समूहहरुसँग उनको सम्बन्ध छ । हामीले चाचालाई भेट्यौँ भने बाँकी राख्दैनौँ; तत्काल शुट गरिदिन्छौँ । हाम्रो कब्जामा परे भने उनी ज्यूँदै नेपाल फर्किन पाउनेछैनन् । यो कुरा तपाईंहरुले राम्रोसँग बुझ्नुहोला ।” मलाई यो कुरा सुनाउन महरा हस्याङफस्याङ गर्दै लखनउ आउनुभएको थियो । उहााले अगाडि भन्नुभयो, “ल है चाचा, जोगिनुपर्‍यो । अरुलाई केही गर्दैनौँ, तर चाचालाई चाहिँ बााकी राख्दैनौँ भन्दै छन् इन्डियनहरु । जोगिएर काम गर्नुहोला ।” हामी नयाँ जनवादी राज्यसत्ता प्राप्त गर्ने उद्देश्यका लागि माओवादी पार्टीमा लागेका थियौँ । हाम्रा लागि सबैभन्दा गर्वको विषय हुन्थ्यो, शहादतप्राप्ति ।

जनताका लागि पार्टी र युद्धका पक्षमा लाग्दालाग्दै शहादत प्राप्त गर्न पाउनुलाई नै हामी आफ्नो जीवनको सफलता मान्थ्यौँ । जनयुद्धमा लाग्दालाग्दै कुनै योद्धाको मृत्यु हुन पुग्यो भने पार्टीले उसलाई शहीद घोषणा गर्थ्यो । त्यो क्षणमा हामी आफू पनि शहीदको कोटिमा पर्न पाए हुन्थ्यो भनेर कामना गर्थ्यौं । खतरा देशभित्र र बाहिर दुवैतिर थियो । हातहतियार देशको एउटा भागबाट अर्को भागमा पुर्‍याउने क्रममा हामी मारिन सक्थ्यौँ । त्यस्तै, भारतमा पनि सेना–प्रहरीको कब्जामा परेर ज्यूादो नरहने सम्भावना हुन्थ्यो । तस्करहरुले नै उडाइदिन सक्थे । यो छुट्टै कुरा हो कि, सप्लाईको काम गर्दा त्यो विभागका केन्द्रका हामी कोही पनि देशबाहिर मारिएनौँ । तर, हतियार ओसारपसार गर्ने क्रममा पूर्व र पश्चिममा तल्लो तहका केही कार्यकर्ता मारिए । … … हतियारको खोजी जारी थियो । त्यसै क्रममा एउटा समूहबाट ठूलै परिमाणमा गोली पाइने सुइाको पाइयो । त्यसका लागि एउटा भारतीय कारोबारीले बिहारको गयामा बोलाउँदै भन्यो, “अकेले आइएगा ।

उस ग्रुप के पास एसएलआर के ३०,००० गोली हैँ । बार्डर तक ले जाने के लिए गाडी र सेक्युरिटी की इन्तजाम हम ही कर देँगे ।” बरेलीबाट वैशाली हुादै जाने छोटी लाइनको रेलमा म गया पुगेँ । कसैलाई नलिई आउनू भनेकाले म एक्लै थिएँ । साथमा करीब २० लाख भारू थियो । सम्पर्कस्थल भनेर उसले एउटा होटलको नाम दिएको थियो । त्यो होटल पोखरीको छेउमा रहेछ । उनीहरु समूहमा आइपुगे, पाँच–छ जना । म एक्लो थिएँ । उनीहरुले घुमाउरो पारामा आफूलाई हिन्दू अतिवादीका रुपमा चिनाउँदै भने, “यदि आप मुस्लिम अतिवादियोँ के विरूद्ध प्रयोग करेँगे तो ही हम ये गोली दे सकते हैँ । बाद मेँ भी देते रहेँगे । अगर, मुसलमानोँ को नहीँ मारना है तो हम नहीँ दे सकते ।” प्रस्ताव अप्ठेरो थियो ।।।….

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com