निर्मलालाई न्याय अराजक भिडले होइन, यही सरकारले दिन्छ – प्रधानमन्त्री ओली


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताउनु भएको छ ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताउनुभयो ।

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने दिने होइन । सरकारले दिन्छ ।’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु । ढुक्क भए हुन्छ । हामी त्यो काम पूरा गर्नेछौँ ।’

अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com