न्युयोर्कमा पृथ्वी जयन्ती जनवरी १३ मा ज्याक्सनहाइटमा मनाइने


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

प्रवासी नेपाली एकता समाज न्युयोर्कले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ति तथा एकिकरण दिवस जनवरी १३ मा मनाउने भएको छ । कार्यक्रम ज्याक्सन हाईटमा रहेको शेर्पा किदुग हलमा हुन लागेको हो ।

दिनको १२ बजे देखि ४ बजे सम्म कार्यक्रम आयोजना हुने २९७ औ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस समारोह मुल समिती संयोजक नवराज खड्काले जानकारी दिए । पृथ्वीनारायण शाहप्रति बर्षमा एक दिन मात्र भएपनि श्रद्धाले शिर निहुराउदै सम्मान प्रकट गर्न कार्यक्रम आयोजना गर्न लागिएको खड्काले बताए ।

कार्यक्रममा न्युयोर्क र वरपर क्रियाशिल रहेका सम्पुर्ण सामाजिक संघसंस्थाहरुकोसद्भाव, सहयोग र समर्थन रहेको खड्काको दावी छ । कार्यक्रममा उपस्थीत हुनका लागि सबै नेपालीहरुलाई उनले अनुरोध समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com