अष्ट्रेलियामा तीन वर्ष यताकै अत्यधिक गर्मी, क्याम्पफायर नगर्न सरकारको आग्रह


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

अष्ट्रेलियामै केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । भिक्टोरिया राज्यमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथी रहने बताइएको छ। मेलबर्नमा सम्भवत: तीन वर्ष यताकै उच्च तापक्रम रहनेछ ।

आपतकालीन सेवा मन्त्रालयले क्याम्पफायर नगर्न सबैलाई आग्रह गरेको छ । यदि क्याम्फायर गरेको भएमा आगो राम्रोसंग निभेको यकिन गरेर मात्र त्यो ठाउँ छोड्न सचेत बनाएको छ । तापक्रम अत्यधिक भएकोले आगो क्षणभरमै फैलिएर भौतिक तथा मानवीय क्षति हुनसक्ने बताउंदै मन्त्रालयले उक्त आग्रह गरेको हो । गर्मी संगै हावा हुरी तथा चट्यांगको सम्भावना भएकोले सबैलाई सतर्क रहिरहन आग्रह गरिएको छ । यसको साथै मन्त्रालयले पानी प्रशस्त मात्रामा पिउन र अत्यावश्यक नभएको खण्डमा बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

भिक्टोरियाको उत्तरपश्चिम भागमा ४६ डिग्री मेलबर्नमा ४२ डिग्री सम्म तापक्रम बढ्न सक्ने बताइएको छ । मौसम पूर्वानुमान विभागले मेलबर्न लगायत केही क्षेत्रमा दिउँसो ४ बजे देखि तापक्रम घट्न सक्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com