बेथेल नेपाली मण्डलीद्वारा न्युयोर्कमा क्रिसमस धुमधाम


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

– उर्मिला लाम्गादे

बेथेल नेपाली चर्चले क्रिसमसकाे अवसरमा एक भव्य कार्यक्रमकाे अायाेजना गरि धुमधामसँग मनाएको छ । वुडसाईड ब्याप्टिस चर्चमा अायाेजित कार्यक्रममा दुई सय पचास भन्दा बढीको सहभागिता रहेकाे थियाे ।रायन लाम्गादेको सञ्चालन र भैरभ बहादुर राईकाे प्रार्थनाबाट सुरू भएकाे कार्यक्रममा विभिन्न भजन, काेरस,गीत, संगीत नाटक तथा कविता बाचनबाट मनाेरञ्जन गराईएकाे थियाे ।

बिजु सापकाेटा, ज्याेति केसी, सकुना राई, अमर पाख्रिन, पुजा राई, रेजिना श्रेष्ठ, हेमराज राई , रूथ घले, सुष्मिता राई, साेनिया पुनकाे समुहले विभिन्न भजन र काेरसहरू प्रस्तुत गरेकाे थियाे । उर्मिला लाम्गादे,कुमार सुनुवारले विशेष गीत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी बिमल थापा, माईकल लामा र ज्याेति केसीले “घ्याम्पे लाहुरे” नामक सन्देशमुलक नाटक प्रस्तुत गर्नुभएकाे थियाे ।सन्डे स्कुलका नानीहरू एना राई, एन्ड्रयु राई र सक्षम थापाले नृत्य प्रस्तुत गरेका थिए ।

बेथेल नेपाली चर्चका पाश्चर पावल राईले पापीहरूकाे उद्दार गर्नका निम्ति येशु प्रभुकाे जन्म भएकाे बताउँदै येशु प्रभु संसारकाे सृष्टिकर्ता भएकाे ले उहाँले प्रभुलाई चिन्ने सबैले अनन्त जीवन पाउने वचन प्रचार गर्नुभएको थियो ।उपस्थित सबैलाई डेभिड चटौत ले धन्यवाद दिँदै कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com