बलिउड जोडीको यति महंगो सम्बन्धविच्छेद, पत्याउनै गाह्रो !


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

 

बलिउड अभिनेत्रीहरुले श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि लिएको पैसा सुन्दा समान्य मानिसलाई पत्याउन गाह्रो हुन्छ । तर, भारतका यी चार अभिनेत्रीले छोडपत्र गर्दा ठूलो रकम लिएको खुलासा भएको छ ।

भारतका चर्चित अभिनेता रितिक रोशन र सुजेल खानबिच सम्बन्ध विच्छेद भएको कुरा सबैलाई थाहा छ, तर छोडपत्रपछि सुजेनले रितिकसँग कति पैसा लिएकी हुन भन्ने कुरा कमैलाई थाहा हुनसक्छ । भारतिय मिडियाका अनुसार सुजेनले रितिकसँग तीन सय असी कोरोड रुपैँया दिएकी थिइन ।

यसैगरी अभिनेता सन्जय दत्त (मुन्ना भाई)ले दोस्रो श्रीमतीसँग छोडपत्र गर्दा आठ कारोड रुपैँया र एउटा लग्जरी कार दिएका थिए ।
अभिनेत्री करिश्मा कपूरले बिजनेस म्यान सञ्जय कपुरसँग छोडपत्र गर्दा सात करोड रुपैया लिएकी थिइन । भने मोडल तथा अभिनेत्री मलाइका अरुणाले अभिनेता अरबाज खानसँग छोडपत्र गर्दा १५ करोड लिएकी थिइन ।

अरबाजले मलाइकाले मागे जति पैसा दिएका थिए । अरबाज सुपरस्टार सलमान खानका माइला भाई हुन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com