प्रेमराजाको नेपाल हाउस नामजस्तै, नेपाली कला, संस्कृति र पर्यटन पर्वद्धन


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको छ बरिष्ठ गायक प्रेमराजा महतको रेष्टुरेण्ट । नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत महतको नेपाल हाउस नामको रेष्टुरेण्ट साँच्चीकै नामजस्तै रहेको । यो रेष्टुरेण्टभित्र छिरेपछि नेपाल छिरेको अनुभव हुन्छ ।

रेष्टुरेण्टभित्र छिर्न बित्तिकै नमस्ते गर्दै स्वागतमा तयार एउटा युवतीको प्रतिकृति देख्न सकिन्छ । त्यसपछि एउटा संग्राहालयमा नै छिरेको अनुभव हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेण्टको भित्तामा ढल्नु अगाडिको धरहरादेखि बर्षौ पुरानो बौद्धनाथ स्तुपासम्मका तस्वीहरु सजाइएका छन् । नेपालको ग्रामिण परिवेश झल्किनेदेखि अन्य विभिन्न कलाकृतिले सजिएको छ रेष्टुरेण्ट । कैयन पुराना एन्टिक सामाग्रीहरुदेखि नेपाली मौलिक कलाका सामाग्रीहरुले रेष्टुरेण्टमा रौनक थपेको छ ।

नेपालका बारेमा सकारात्मक सन्देश जाने यस्ता कलाकृति शब्दविना नै आफै बोलिरहेका हुन्छन् नेपालको पर्यटन प्रवद्र्धनमा । त्यो बाहेक कलाकार महतले आउने ग्राहकहरुलाई नेपालको पर्यटकीय महत्वबारे व्याख्या गर्दै नेपाल भ्रमणका लागि प्रोत्साहित समेत गर्छन् ।

रेष्टुरेण्टको अलिक भित्रपट्टी सारंगी, मादल, बासुरी लगायतका नेपाली वाद्यवाधनका सामाग्रीहरु सजाइएको छ । जहाँ महत आफैले बेलाबेलामा सारंगीको सुमधुर संगीत सुनाउँछन् । र रेष्टुरेण्टमा आउनेहरुलाई नेपाली खानामात्र होइन, नेपाली संगीतको समेत स्वाद चखाउँछन् ।

प्रेमराजा महतको नपाल हाउसमा पुग्नेले एकैपटक आँखा, कान र जिब्रोको लागि परिकार प्राप्त गर्दछन् । जसले नेपालको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

विदेशमा नेपालको प्रवद्र्धनका लागि यस्ता सृजनशिल प्रयासले ठूलो महत्व राख्छ ।

पत्नी कविता महतका साथमा नेपाल हाउसमा प्रेमराजा । फोटो : बाल्टिमोर म्यागाजिन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com