एक वर्षमा जम्मा तीन काम ! कसरी हुन सकिन्छ सफल ?


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

एकवर्षभित्र (२०१९)चाहेर पनि हामीले जिवनमा धेरै कुरा परिवर्तन गर्न सक्दैनौँ । तर, सोचेका कुरा पुरा गर्ने मुलबाटो अवश्य बनाउन सक्छौ । त्यसको लागि धेरै केही गर्नु पर्दनै । निकै सजिला तीनवटा कुरा एकवर्षमा पुरा गरे हुन्छ ।

यी तीन कुरालाई ध्यान दिएर लागु गर्ने हो भने तपाई विश्वको तीन प्रतिशत धनी व्याक्तिमा पर्नुहुनेछ ।

पहिलो : हरेक दिन, मात्र १५ मिनेट कुनै न कुनै किताबको अध्यायन गर्ने । यो काम जो कोहीले पनि गर्नु सक्नुहुन्छ । यो ठूलो कुरा होइन । तपाई एक दिनमा १५ मिनेट किताब पढ्नुभयो भने एक महिनामा साढे चार सय मिनेट पढ्नुहुन्छ । भने एक वर्षमा पाँच हजार चार समय मिनेट पढ्नुहुन्छ । यो जिवनको लागि धेरै उपयोगी कुरा हुनेछ । तपाईलाई थाहा छ, एक पाइलाबाटै सुरु हुन्छ हजार माइलको यात्रा । तपाईलाई जस्तो किताब पढ्न मन छ त्यो मात्र पढ्नुहोस् । जसले तपाईलाई अरुभन्दा फरकस्तरमा पुर्याउँछ ।

दोस्रो : एक वर्षमा आफ्नो काम गर्ने फिल्डका पाँच जना दिग्ज मानिसहरुसँग समय बिताउने खोसिस गर्नुहोस् । जो तपाईभन्दा धेरै सफल छन् । उनीहरुसँग धेरैभन्दा धेरै समय कसरी विताउने त्यो तपाई आफैलाई थाहा छ । उनीहरुसँगको सँगतले तपाईलाई आगामी दिनको यात्रालाई निकै ठूलो सहयोग पुर्याउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेस्रो : प्रयास गर्नुहोस्, हिम्मत गर्नुहोस् , हरेक बिहान छिटो उठ्ने । जब तपाई सूर्यलाई जगाउनुहुन्छ , तपाईको जिन्दगी सोचे जस्तो सफल हुन्छ । तर, सर्यले तपाईलाई जगाउन थाल्यो भने सोच्नुहोस् कि तपाईको पोल्टोमा ग्रहण लाग्ने छ । जिन्दगीमा तपाईले सफलता कहिल्यै हात पार्नु हुने छैन । यदी तपाई माथि भनिएका यी तीन कुरालाई एकवर्षसम्म फलो गर्नु भने भने आउने वर्ष २०२० तपाईको पोल्टोमा हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com