कालो पोशाकको छायाँमा परेको रंग


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

नारायणगढमा रङ्गीविरङ्गी पोशाकमा सजिएका आमाहरु हिडिँरहेका थिए। एक्कासी कालो पोशाकमा केही युवतीहरु आए। बुर्का र हिजाव लगाएर १७ जनाको एउटा समुह उदाएपछि रंगिविरंगी माहोल छायाँमा पर्‍यो। कसैले सेल्फी खिच्‍न थाले। सांसद गीता वाग्ले ‘खै खै फोटो खिचौं’ ।
नारायण ढुंगाना
चितवन : नारायणगढमा रङ्गीविरङ्गी पोशाकमा सजिएका आमाहरु हिडिँरहेका थिए। एक्कासी कालो पोशाकमा केही युवतीहरु आए। बुर्का र हिजाव लगाएर १७ जनाको एउटा समुह उदाएपछि रंगिविरंगी माहोल छायाँमा पर्‍यो। कसैले सेल्फी खिच्‍न थाले। सांसद गीता वाग्ले ‘खै खै फोटो खिचौं’ भन्‍न थालिन्। क्यामेराजति कालो पोशा लगाएका युवतीतर्फ सोझिए। अलिकलि अनुहार मात्रै देखिएका, कालो बस्त्रले शरिर ढाकेका उनीहरुका गोरा चेहराले उपस्थित अन्यको मन तानियो। ‘हामी त सेलिब्रेटी नैं भयौं, भरतपुर मिलनचोककी जमिला हमिद ले भनिन्, हामीलाई प्रोत्साहन मिलेको, अब अन्य कार्यक्रमहरुमा समेत सहभागि हुन्छौं।’
टाउकोमा हिजाव बाँधेका अनि बुर्का (गाउनमा) सजिएका ती मुस्लिम समुदायका महिलाहरु यसरी गैंर मुस्लिम समुदायको कार्यक्रममा सामुहिक रुपमा नारायणगणमा प्रस्तुत भए। नारायणगढमा पहिलो पटक भएको भेषभूषा र झाँकीसहितको शोभायात्रा प्रतियोगितामा उनीहरुले आफ्नो प्रस्तुति देखाए।‘हामी फेरी यसैगरी प्रस्तुत हुन्छौं, ईन्साला (भगवानले चाहेमा) जमिलाले हाँस्दै भनिन्। भरतपुरको बरकाती जामे मस्जीदबाट नेपाली मुस्लिम नारी ईज्तेमा समुहको टोली यसरी आएको थियो। ‘पहिले आफ्नै समुदायका कार्यक्रमहरुमा सहभागी हुन्थेम, अहिले गैंर मुस्लिममा पनि आइयो, अर्की मुस्लिम महिला मदिना शाहले भनिन्, महिलाको शरिर प्रदर्शन गर्न हुँदैन भन्ने सोच थियो, अहिले छैन तर पर्दामा हुनुपर्छ।’ पहिला चेतनाको कमी थियो। घरबाटै निस्किन्थेनन्।
तर पर्दामा निस्कनु पर्छ भन्ने उनीहरुको धार्मिक मान्यता छ।‘निस्कनु पर्छ, क्षमता देखाउनुपर्छ, अल्लाहले क्षमता देखाउन अनुमति दिनुभएको,’ महिलाहरु भन्दै थिए। ‘महिलाहरु बाहिर निस्कनु हुन्न भन्ने विरोधमा होइन, पर्दामै आउनुपर्छ, धर्मलाई ईन्कार गर्नु हुँदैन, यसो गर्दा आफैंलाई पाप लाग्छ,’जमिलाले भनिन्। ‘पदार्’ अर्थात गाउन र हिजाब भने लगाउनै पर्ने सोच उनीहरुमा छ। ‘अनिवार्य छ, कुरानमा उल्लेख भएको कुरा, अल्लाहले आदेश गर्नुभा छ,पर्दामै रहनुपर्छ,अरु मान्छेले नराम्रो नजरले नहेरन् भन्ने पनि त हो नी’ लजिना खातुन्ले भनिन्। वायो मेडिकलमा स्नातक गर्दै गरेकी नजमा खातुन पनि र्यालीमा सहभागि थिइन्।
४ वर्ष भयो उनले गाउन र हिजाव लगाउन थालेको। ‘हर्जपछि मात्रै लगाउने होला भनेर पहिला लगाईन, पछि बुझें अनि ४ बर्षदेखि नियमित लाउन थाल्या छु,’ नजमाले भनिन्,‘रितिरिवाज मान्नु नै पछ।’ महिलाहरुको पुरानो संस्था नारी अभ्युदय केन्द्र नारायणगढ चितवनले आफ्नो रजत महोत्सवमा सन्देश मुलक शोभायात्रा प्रतियोगिताको आयोजना गर्दा मुस्लिम महिलाहरु यसरी सडकमा आए।
उनीहरुलाई ल्याउने काम नारी अभ्युदयकी सदस्य बनेकी मुस्लिम महिला नुरजहाँ खातुन हुन्। नुरजहाँ साडीमा सजिएपनि अन्य मुस्लिम महिलाहरु हिजाबमा आए। ‘संस्थाको पोशाक भएर मैले साडी लगाको नत्र म पनि बुर्कामै हिंड्ने हो,’ नुरजहाँले भनिन्,‘यति महिला बाहिर आउनुपनि ठुलो कुरा हो।’ प्रतियोगितामा २५ समुह सहभागी थिए। ढिला नाम दर्ता गराएका कारण मुस्लिम समुदायले प्रतिस्पर्धा गर्न भने पाएनन्। उनीहरुको प्रस्तुती प्रदर्शनीमा सिमित भयो। प्रतियोगिताको विजेताले समुहले पुस ९ गते नगद पुरस्कारसहित सम्मान पाउनेछ। पहिलो हुने समुहले २५ हजार,दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने आयोजक नारी अभ्युदयकी सचिव सरस्वती रिजालले जानकारी दिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com