मेलमिलाप दिवसको अवशरमा न्युयोर्कको लङ आइल्याण्डमा रक्तदान कार्यक्रम गरिदै


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

४४औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर नेपाली जनसम्पर्क समिति अमेरिका लङ आइल्याण्ड च्याप्टरले आगामी जनवरी ६ तारीख आईतवार न्युयोर्कको लङ आइल्याण्ड हिक्सभिलमा रहेको ब्रोडवे मलमा रक्तदान कार्यक्रम राखेको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर स्वदेश फर्किएका थिए ।

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देश सहित भारत वाट नेपाल फर्किएको दिनलाई नेपाली काॅग्रेसले राष्ट्रीय मेल-मिलाप दिवसको रूपमा मनाउॅदै आएको छ ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाएका थिए । त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर २०३३ पुष १६ मा रास्ट्रीय मेलमिलापको नीति बोकेर नेपाल आएका वीपी सहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजा समेतले विमानस्थल वाटै पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यस दिन लाई नेपाली काॅग्रेस,उनका अनुयायी तथा उसका भ्रातृ संगठनले स्वदेश तथा प्रवासमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउॅछन । यसै सन्दर्भमा न्यूयोर्क स्थित नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर न्यूयोर्कले यस पटक रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।

आफ्नो नेताको सम्झना तथा स्वदेशका विभिन्न दिवस तथा सन्दर्भ पारेर प्रवासमा गरिने विविध रचनात्मक कार्यक्रमले रास्ट्रीय भावना जागरूक भईरहने,आफु वसेका देशका नागरिकहरूमा नेपाली हरूप्रति सकारात्मक भावना जागरूक हुने कार्यक्रम आयोजना गर्न पाॅउदा गर्व लाग्ने गरेको च्याप्टर सभापति विश्वराज वाॅस्तोलाले वताए ।

नेपाली जनसम्पर्क समिति लङ आइल्याण्ड च्याप्टरले विभिन्न समयमा रक्तदान,मैत्रीपूर्ण खेलकूद ,समुदायमा सरसफाई ,समसामयिक विषयमा प्रवचन कार्यक्रम ,अध्यागमन सम्वन्धि सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com