कलाकार निशा अधिकारीको स्वागतार्थ पूर्व पर्यटनदूत अनिल पाण्डे विमानस्थलमा


प्रकाशित मिति : श्रावण २१, २०७३ शुक्रबार

 सनफ्रानसिस्को, २० साउन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा आगामी साता हुने विश्व चलचित्र महोत्सवमा सहभागी हुन नेपाली कलाकार धमाधम अमेरिका अवतरण गर्दैछन् । चलचित्र अभिनेत्री नीशा अधिकारीलाई स्वागत गर्न स्थानीय अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यस क्षेत्रका पूर्व पर्यटन दूत अनिल पाण्डेका अनुसार कौशल राणा, सुरज शाह, राजन गिरी, संजीव मिश्र र नलिना चित्रकार चलचित्र महोत्सवको आयोजकका रुपमा रहेका छन् ।
 
बुधबार सनफ्रानसिस्को अवतरण गरेकी नीशा नेपाली चलचित्र जगत्मा ‘ब्यूटी क्वीन’ नामले पनि चिनिन्छिन् । ‘फस्ट लभ’ नामको चलचित्रबाट चर्चामा आएकी नीशा मोडेलिङ र कार्यक्रम सञ्चालिकाका लागि पनि सुपरिचित छिन् ।
 
एफओजी (फेस्टिभल अफ ग्लोब) मा चार नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । चलचित्र क्यामेरा टुबेल्ब सान जोसेमा प्रदर्शन हुनेछन् । अधकट्टी, नमस्ते नेपाल, क्लासिक र के म तिम्रो होइन र नामका चलचित्र देखाइने कार्यक्रम छ । महोत्सवमा चलचित्रका अभिनेता–अभिनेत्री, निर्माता तथा निर्देशकको ७ अगस्तका दिन सान जोसेस्थित चलचित्र भवनमा सम्मान गरिनेछ । 
 
महोत्सवमा सगरमाथा आरोहण गरेका कलाकारको पनि सम्मान गरिने छ । सम्मान कार्यक्रम १४ अगस्तमा रहेको जनाइएको छ । चलचित्र, संगीत, नृत्य, क्लाइम्बिङ (आरोहण), फेसन लगायतका विभिन्न विधामा महोत्सवमा प्रतिस्प्रद्धा हुनेछ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com