५ करोडको लगानीमा नेपालीले सुरु गरेको सामाजिक सञ्जालको मूल्य चारबर्षमा १० अर्ब


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

नेपालीहरुको नेतृत्वमा ४ बर्ष अगाडि अमेरिकाबाट सुरु गरिएको सामाजिक सञ्जाल सगुनको मूल्य चारबर्षमा १० अर्ब नेपाली रुपैया अर्थात् झण्डै १ सय मिलियन अमेरिकी डलर पुगेको सगुनका सहसंस्थापक कबिन्द्र सिटौलाले जानकारी दिएका छन् । सगुनमा अहिलेसम्म ५० करोड रुपैया अर्थात् झण्डै ५ मिलियन डलर लगानी भइसकेको सिटौलाले जानकारी दिएका छन् ।

सगुनमा सन् २०१४ मा झण्डै १० हजार अमेरिकी डलर अर्थात् १० लाख रुपैया लगानी गर्नेहरुको शेयरको मूल्य अहिले झण्डै ५ करोड रुपैया अर्थात् आधा मिलियन डलर पुगेको सिटौलाले जानकारी दिए । सगुनमा मिनी आईपीओ अन्तरगत लगानीका लागि अब डिसेम्बर २८ सम्मकोमात्र म्याद रहेको छ । अहिलेसम्म सगनका झण्डै ३० लाख प्रयोगकर्ताहरु पुगिसकेको जनाइएको छ ।

यदि तपाई पनि सगुनमा लगानी गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । अहिले सगुनमा लगानी गर्न चाहने अमेरिकामा रहेका नेपालीहरुले कम्तीमा १ हजार डलर लगानी गर्न सक्नेछन् ।

क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक एकाउन्टबाट सगुनमा लगानी गर्न सकिन्छ । सगुनको हाल एन्ड्रोइडमा एप्लिकेशन उपलब्ध छ भने ब्राउजर भर्सनबाट पनि साइन अप गर्न सकिन्छ । आगामी जनवरीमा सगुनको आईफोन एप्लिकेशन पनि उपलब्ध हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोसल इकमर्स प्लेटफर्मका रुपमा विकशित सगुनमा प्रयोगकर्ताहरुले समेत आर्थिक लाभ प्राप्त गर्नसक्ने जनाइएको छ । सगुन सोसल स्मार्ट कार्डको अवधारणा अनुशार सगुनका प्रयोग कर्ताहरुले समय बिताएको, शेयर गरेको लगायतका आधारमा आर्थिक लाभ प्राप्त गर्नसक्नेछन् ।

थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com