नेपालको सबै प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै अमेरिकाका नेपाली चिकित्सक


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

अमेरिका नेपाल मेडिकल फाउण्डेशनले नेपालका सबै प्रदेशमा अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग जुटाउन अभियानको थालनी गरेको छ ।

सन् १९९७ मा नर्थ अमेरिकामा रहनु भएका नेपाली डाक्टरहरु र समाजसेवीहरुले स्थापन गरेको अमेरिका नेपाल मेडिकल फाउन्डेसन तीन वर्षअघि गएको भूकम्पले अस्पतालमा अक्सिजनको समस्या आएपछि प्लान्ट निर्माण कार्यमा लागेको छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपालको सात वटै प्रदेशका अस्पतालमा एकएक वटा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको छ।

“एक कप कफिमा खर्च हुने पाँच डलर अर्थात ५ सय रुपैयाँ सहयोग गर्नुहोस्” भन्ने अभियानका साथ सहयोग संकलन भइरहेको छ । फाउण्डेशनका अध्यक्ष डाक्टर सन्तोष सापकोटाका अनुसार फाउण्डेशनले माहाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेर हस्तान्तरण गरिसकेको छ। अक्सिजन प्लान्ट जडान भएपछि अहिले अस्पताल अक्सिजनमा अरुमाथि निर्भर हुनुपरेको छैन।

त्रिवि शिक्षण अस्पतालमा मात्र नभई अक्सिजन प्लान्टको व्यवस्था नेपालका बाँकी ६ प्रदेशमा निर्माण गर्न सहयोग संकलनमा लाएको छ। अक्सिजन प्लान्ट निर्माण गर्ने काममा अमेरिकादेखि नेपालबाट समेत सहयोग जुटिरहेको छ।

यदि तपाईं पनि यस कार्यमा सहयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

यदि तपाई माथिको लिंकमार्फत डोनेशन गर्ने देशमा हुनुहुन्न भने यो लिंकमा क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com