“उपाधि जित्नु मात्र जित्नु हैन आफ्नो कलाले मान्छेहरुको मन जित्नु पनि जीत हो”
प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार
मिस नेपाल श्रृंखला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को फाइनल राउण्डको टप १२ मै सिमित भएकि छन् । टप ३० बाट एसिया महादिपबाट टप १२ मा पुगेकी श्रृंखला टप ५ मा आइपुग्दा बाहिरिएकि हुन्।
उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका थिए। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिए। टप ५ मा थाइल्याण्डकी सुन्दरी छनोट भइन् ।
मिस एसियाको उपाधि पनि थाइल्याण्डकी सुन्दरीले जित्दै टप ५ मा प्रवेश गरेकि हुन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको हो ।
शृंखला बाहिरिए लगत्तै नेपालीहरुको मन खिन्न हुनु स्वाभाविक नै हो। तर, यसलाई हामीले सकारात्मक तरिकाले हेर्ने हो भने हामि हारेका होइनौं किनभने शृंखलाले दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन्। शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छन्। यो पनि नेपालीका लागि गर्वको कुरा हो यसलाई हामीले सकारात्मक तरिकाले हेर्नु पर्दछ।
जस्तै एकजना सामाजिक संजाल प्रयोगकर्ताले लेख्नुभएको छ: “पार्न त Worldcup को ट्रफी पनि मेस्सी रोनाल्डोले आफ्नो पोल्टामा पारेनन् तर पनि उनिहरुको खेलले सबैलाई लठ्ठ बनाएकै हो र उनिहरुका फ्यान फलोअर्स उत्तिकै छन् । ताज जित्नु मात्र जित्नु हैन आफ्नो कलाले मान्छेहरुको मन जित्नु पनि जीत हो ।
MissWorld को ताज आएन केही छैन, टप १२ मा पुग्नु पनि हाम्रा निम्ति गौरवको कुरा हो । नेपालको बारे थाहा नहुने बिश्वका धेरै मान्छेलाई नेपाल चिनायौ । तिम्रो शारीरिक सुन्दरता जस्तै सुन्दर बौद्धिकता र आत्मबिश्वास देख्दा लाग्छ नेपालको प्रथम महिला प्रधानमन्त्री बन्ने तिम्रो सपना पूरा हुनेछ । तिमी भन्दा पहिला कोही महिला प्रधानमन्त्री बनिगएछन् भने पनि केही छैन दोश्रो तेश्रो श्रृंखलामा बनेर भएपनि देशका निम्ति केही गर्ने अवसर मिलोस् शुभकामना ।”






