समलिंगी महिलाको प्रेमकथामा म्युजिक भिडियो, रीमा र वेनिशाको जोडी


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

नेपालको रंगक्षेत्रमा समलिंगी विषयले प्रवेश पाउन थालेको छ । यसै क्रममा समलिंगी महिलाको प्रेमकथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रविन श्रेष्ठको निर्देशनमा समलिंगी महिलाको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको हो । अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द दर्पण यात्रीका हुन् । गीतमा संगीत जीतेन तामाङ लामाको रहेको छ ।

‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिकाहरु रीमा विश्वकर्मा र बेनिशा हमाललाई समलिंगी जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

उत्तम हुमागाईले छयांकन गरेको भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com