कक्षा ११ को परिक्षा नै नदिएका विद्यार्थी पास, कलेज टपर फेल!


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीबाट नतिजा नराम्रो आएको भन्दै कास्कीका ११ कक्षाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै यहाँका विभिन्न स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही भएको उनीहरुको आरोप छ । नतिजाप्रति असन्तुष्ट जनाउँदै ‘रिटोटलिङ’ गर्दा समेत लापारबाही भएको विद्यार्थीहरुको गुनासो छ ।

रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले बताएका छन् ।परिक्षा बोर्डको लापारबाहीका कारण १२ कक्षाको परिक्षाको तयारी गर्नुपर्ने बेलामा आन्दोलनमा उत्रनु परेको विद्यार्थी सोनीका गैरे बताउँछिन् ।

परिक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर सहित अब्बल विद्यार्थीको रिजल्ट नै बिग्रेको डायमण्ड स्कूलकी विद्यार्थी गैरेको गुनासो छ ।परिक्षा बोर्डको लापरबाहीले गर्दा सयौं विद्यार्थीको भविष्यमै लापारवाही भएको बताउँछन् विद्यार्थी सागर पराजुलीले बताए । रिटोटलिङको नतिजामा पनि असन्तुष्टि जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।

कास्कीका विद्यार्थीहरु नतिजा प्रकाशनको भोलिपल्ट २१ गतेदेखि नै परिक्षा बोर्ड कार्यालय पोखरा लगायत शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् ।परिक्षा बोर्ड पोखराले भने विद्यार्थीको गुनासो केन्द्रमा पुर्याएको बताएको छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com