सडकमा ब्रुमर चल्न थालेपछि राजधानीवासी दंग


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

धुलाम्मे भएका काठमाडौंका सडक सफा गर्न बढार्ने मेसिन ‘ब्रुमर’ प्रयोगमा आएको छ।सडकको धुलाम्य अवस्थाको चौतर्फी आलोचना भएपछि सडक बिभागले धुलो कम गर्ने उद्देश्यले अत्याधुनिक भ्याकुम सहितको मेसिन प्रयोगमा ल्याएको हो।सडक विभागसँग भएका तीनवटा कुचोसहितका भ्याकुम क्लिनर प्रयोगमा ल्याइएको हो। जसको संचालन खर्च, इन्धन बिभाग आफैले व्यहोरेर प्रयोगमा ल्याएको हो।विभागमा ब्रुमर थन्किएर बस्ने तर सडकको धुलोले जनता रोगी हुनु पर्ने बाध्यताको चौतर्फी बिरोध भए पछि बिभागले केहीले काँही मात्रै भए पनि ब्रुमर सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री कार्यालयमा यसअघि भएको छलफलपश्चात मन्त्रालय र विभागबीच समन्वय गरेर सडक सफा गर्ने सहमति भएको थियो । तर पनि बिभाग सँग भएका तीन वटै मेसिन नियमीत रुपमा सञ्चालनमा आउन सकेका छैनन् । यदि यि मेसिनहरु नियमीत सञ्चालन गर्ने हो भने राजधानी केही महिनामा नै धुलो रहित हुने छन् । तर बिभागका कर्मचारीको चरम लापरबाहीका कारण यि मेसिनहरु थन्कीएर बस्ने गरेका छन् ।

माथिल्लो निकायको दवाव पछि मात्रै यि मेसिनहरु सडकमा आउने गरेका छन् । मेलम्चीको पाइप विस्तारका क्रममा खनिएका सडक सात दिनभित्रै ढुंगामाटोले भरेर ग्राभेल गरिएपनि सडकभरि धुलो फैलिएको छ। छेउमा खन्दा पनि सडकभरि धुलो भएपछि तत्कालका लागि ब्रुमरले सडक मात्रै सफा गर्नेछ। यद्यपी ब्रुमरले सडक सफा गरे पनि त्यो प्रभावकारी भने नहुने देखिन्छ। जबसम्म खनिएको स्थानमा पिच गरिँदैन र सडकपेटी तथा वरिपरीको क्षेत्र धुलोमुक्त हुँदैन, तवसम्म सडक मात्रै बढारेर धुलोमुक्त हुन कठिन देखिन्छ। जव सम्म सम्पूर्ण सडकपेटी सफा गरिँदैन तबसम्म ब्रुमरले निश्चित क्षेत्रका सडक सफा गरे पनि पूर्ण रुपमा धुलोमुक्त भने नहुने सम्वद्ध अधिकारीहरु बताउँछन्।

‘ब्रुमर मेसिनले धुलो सोस्ने भएकाले हाल विद्यमान अवस्थामा केही हदसम्म सुधार हुने आशा गर्न सकिन्छ । सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले विभागसँग रहेका तीन ब्रुमरमध्ये एक मेलम्ची खानेपानी आयोजनालाई दिइने र बाँकी दुई वटा समन्वय गरेर प्रयोग गरिने बताए। ‘सरकारी निकायबीच सहकार्य गरी सडकको धुलो व्यवस्थापन गर्ने सम्वन्धमा छलफल भइरहेको छ’ उनले भने। उनले विभागसँग भएका ब्रुमर

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com