काश्मीर हुँदै नेपाल प्रवेश गरेको वायुले चिसो बढायो, काठमाडौंमा अझै बढ्ने


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।
मंसिर पहिलो साताबाटै चिसो बढ्न थालेको महाशाखाले जनाएको छ ।

बुधबार भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढ्दैछ भने छिटफुट वर्षा हुन सक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com