राजदूतको विवादास्पद भूमिकाबारे सरकारी मौनताप्रति कांग्रेसको आपत्ति


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद भूमिकाबारे सरकारको मौनताप्रति आपत्ति जनाएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा ‘मानव तस्करीमा संलग्न’ भनेर प्रश्न उठाइएपनि सरकारले मौनता देखाएको प्रति प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको हो ।

‘‘अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समययता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई हामीले गम्भीर रुपमा लिएका छौँ,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारि विज्ञप्तिमा भनिएको छ, ‘‘निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं ।’’

राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएको जिकिर गर्दै उनले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको स्मरण गराएका छन् । कांग्रेसले राजदूत शेर्पालाई तत्काल छानविनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत पनि भनेको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली राजदूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले केही दिनअघि एक टेलिभिजनमा राजदूत लक्की शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com