अमेरिकामा ३३ बर्षीया नेपाली महिलाको निधन


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

अमेरिकाको वासिङ्टन डिसी एरियामा ३२ बर्षीया रिचा प्रधानको दाह संस्कार गरेको भोलीपल्ट फेरी तनहुँ जिल्ला घर भई अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेकी ३३ बर्षीया शारदा पोखरेल घिमिरेको दु:खद निधन भएको छ।

श्रीमान हरिनाथ घिमिरेका साथ बाल्टिमोरको ग्लेन बुर्नेमा बस्दै आएकी शारदाकी एक तीन वर्षीया छोरी पनि रहेकी छन्।

तनहुँ जिल्ला मै माईती भएकी शारदाको तनहुँकै थर्पुका हरिनाथ घिमिरेसँग बिवाह गरी साथ बिबाह बन्धनमा बाँधिएर अमेरिका आएको र ब्रेन ट्युमरका कारणले मृत्यु हुन गएको तनहुँ अमेरिका सोशाईटीका अध्यक्ष पर्ल रेग्मीले डिसीनेपाललाई बताए।

स्वः शारदा पोखरेलको मुर्दा घर फ़्युनरल होममा आजै दाह संस्कार गरिने भएकोले सबैलाई ऊपस्थितीका लागि अनुरोध समेत गरिएको घिमिरेका पारिवारिक सदस्य अमेरिका नेपाल सोशाईटीका प्रथम उपाध्यक्ष डा. बिष्णु घिमिरेले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दाह संस्कार मिति: डिसेम्बर ३, २०१८ सोमवार ( आजै )
समय: बिहान १० बजेदेखि ११ बजेसम्म
स्थान: Singleton Funeral & Cremation Service 1 – 2nd Avenue SW,
Glen Burnie, Maryland 21061

सम्पर्क

Dr. Bishnu Ghimire – 740-590-9024
Shiva Malla – 443-570-9189
Niranjan Mishra – 414-243-2435
Ram Adhikari – 443-517-8591

–     डिसी नेपाल  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com