रानीबारीमा १४ वर्षिया बालिका बलात्कृत


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

काठमाडौं रानीबारीमा १४ वर्षिया बालिका मंगलबार बिहान बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे   उनी बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com