एकान्तकुनामा मोटरसाइकल दुर्घटना, ‘ड्युटी’ मै रहेका ट्राफिक प्रहरीको मृत्यु


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा ‘ड्युटी’ मै रहेका एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे एकान्तकुनामा दुर्घटना भएको थियो । कँडेललाई सडकमै लडिरहेको अवस्थामा बा. १६ च. ६८०२ नम्बरको कार चालकले अल्का अस्पताल जावलाखेल पुर्याएका थिए ।

उपचारका क्रममा कँडेलको मृत्यु भएको थियो । एसएसपी पन्तले भने, “कार चालकले अल्का पुर्याएर गएपछि उनी फेरि हेर्न आए । यसबाट उनैले ठक्कर दिएको त होइन भन्ने आशंका लागेर नियन्त्रणमा लिएका छौं । दुर्घटनाबारे अनुसन्धान भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com