जर्मनी र नेपालका डाक्टरबाट व्यक्तिगत खर्चमा दोलखाका ३ सय बिरामीको निशुल्क उपचार


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

जर्मनीका डाक्टर कार्ल र नेपालका डाक्टर गोकर्ण पन्थीले दोलखाको विकट गाउँमा पुगेर ३ सय बिरामीको निशुल्क उपचार गरेका छन् । मौसमको प्रतिकुलताका बाबजुत पनि उनीहरुले आफ्नै खर्चमा दोलखाका बिकट बस्तीमा पुगेर बिरामीहरुको उपचार गरेका हुन् । डाक्टर कार्ल जर्मनीबाटै आएका हुन् भने डाक्टर गोकर्ण पन्थी बुटवलमा सकृय छन् ।

दोलखाको कालिञ्चोकको बेगुम्पा र बेगु थामिचाकुमा संचालित एकहप्ते स्वास्थ्य शिविरका क्रममा उनीहरुले हातगोडा र जोर्नीहरु दुख्ने बुढाबुढीहरु, घाउ खटिरा भएका बच्चाबच्चीहरु, खोकी लागेका बिरामीहरुको उपचार गरेका थिए । त्यहाँ उपचार हुन नसक्ने कैयन बिरामीहरुलाई भने उचित स्वास्थ्यसंस्थामा जान रिफर गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपचारमा संलग्न डाक्टर गोकर्ण पन्थी भन्छन् – ‘अत्यन्तै चिसो बढेको रहेछ । हामीले कहिले टेन्टमा र कहिले टिनका छाना भएका चिसा टहरामा बसेर बिरामीको उपचार गर्यौं । चिसोले रातभर निद्रा नलागेपनि र आफै बिरामी हुने खतरा भएपनि बिरामीलाई सेवा गर्न पाउँदा मनमा आनन्दको अनुभव भएको छ ।’

स्वास्थ्य शिविर संचालन गरिएका दुईवटै ठाउँमा हिडेर जानुपर्ने बाध्यता रहेको छ भने बेगुम्पामा भूकम्पपछि स्वास्थ्यचौकी भत्किएर जिर्ण अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीमा औषधी समेत खासै छैन । त्यस्तै थामिचाकुमा गाउँपालिकाको सहयोगमा स्वास्थ्यचौकीको शाखा त खोलिएको छ तर औषधी भने छैन ।

डाक्टर पन्थी भन्छन् – ‘जनताको पहुचमा स्वास्थ्य सुविधा छैन । हामीले बाँकी रहेका औषधी र टेन्टहरु पनि थामिचाकुमा रहेको स्वास्थ्य चौकीको शाखामा छाडेर आयौं ।’

स्वास्थ्य शिविर संचालनका लागि २ जना डाक्टर र ३ जना सहयोगी सहित ५ जनाको सहभागिता रहेको थियो । कालिञ्चोक गाउँपालिकाको पहलमा र सिविनको सहयोगमा स्वास्थ्यशिविर संचालन गरिएको हो । जर्मन डाक्टर त्यहाँ रहेको संस्था हेल्प नेपालको पहलमा आएका हुन् । तर उनी नेपालको मेडिकल काउन्सिलमा समेत दर्ता भएका डाक्टर हुन् ।

डाक्टरहरु व्यक्तिगत खर्चमा नै आएको र अधिकांश औषधीपनि व्यक्तिगत खर्चमा जर्मनीबाटै किनेर ल्याएर जनाइएको छ । उनीहरुले विगत ४ बर्षदेखि हरेक बर्ष स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com