Follow @khasokhasmag

आमाबाबु गुमेपछि जीवनसँग अस्पतालको बेडमा एक्लै लडेका ८ बर्षीय नबिनलाई सहयोगको ओइरो …


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

बौद्धकी समिक्षा प्रसाईंले दुर्घटनामा आमा गुमाएका नबिन बिकलाई सहयोग गरेकी छन् । उनले नबिन उपचारत अस्पतालमै पुगेर सहयोग गरेकी हुन् । टाउको र हातमा चोट लागेपछि नबिन बिकको अहिले उपचार भइरहेको छ ।

केहि दिन पहिला डडेल्धुरामा भएको सवारी दुर्घटनामा परी उनको आमाको निधन भएको थियो । डोडीका नबिनका बुबाले सानै उमेरमा छोडेर गएका थिए । उनका बुबा अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् ।

नबिनलाई सकेको सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको समिक्षाले बताएकी छन् । उनले अब आफ्ना आफन्ता र साथीहरुलाई पनि सहयोगको लागि आह्वान गर्ने बताएकी छन् ।

१० जोड दुईको अध्ययन सकाएकी समिक्षाले आगामी दिनमा पनि नबिनको लागि सहयोगको वातावरण बनाउँदै जाने बताईन् । सहयोग गरी नबिनको उद्धार गरिदिन उनले देश विदेशमा रहेका सबै नेपालीसँग पनि आग्रह गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com