मनिषाको पुस्तक अन्तिम तयारीमा, भन्छिन् – ‘झरिसकेको जीवनलाई थोपा थोपा गरी बटुलेँ’


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

वलिउडमा चर्चित कलाकार मनिषा कोइरालाले क्यान्सरलाई जीतेर नयाँ जीवन पाएको विषयमा पुस्तक प्रकाशित हुने भएके छ । क्यान्सरसँगको युद्ध जितेर पुन अभिनययात्रामा फर्केकी मनिषाले यो पुस्तकमा क्यान्सरले आफूलाई दिएको नयाँ जीवनबारे उल्लेख गरेकी छिन् । पुस्तकमा उनले क्यान्सरलाई कसरी जितेर आफ्नो जीवनको पुननिर्माण कसरी गरिन् भन्ने विषय समेटिएको छ । पुस्तकको नाम ‘हिल्ड’ हो ।

सन् २०१२ मा मनिषालाई क्यान्सर भएको पत्ता लागेपनि उनको न्युयोर्कमा उपचार भएको थियो । उच्च आत्मवल र उपचारपछि क्यान्सरलाई समेत जितेर मनिषा अभिनय यात्रामा पुन फर्केकी थिइन् । हालै उनी चर्चित चलचित्रमा सन्जुमा सशक्त भूमिकामा देखिएकी थिइन् ।

सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्‍याइए पनि आफूले क्यान्सरको उपचारका क्रममा अकल्पनीय पीडा भोगेको मनिषाले बताइन् । उनी भन्छिन् – ‘त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ ।’

‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’

मनिषा कोइरालाका नभनिएका कथाहरु पुस्तकका रुपमा आउने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com