मनिषा कोइरालाका नभनिएका कथाहरु पुस्तकका रुपमा आउने


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

वलिउडमा चर्चित कलाकार मनिषा कोइरालाका नभनिएका कथाहरुको संगालो पुस्तकाकारमा आउने भएको छ । क्यान्सरसँगको युद्ध जितेर पुन अभिनययात्रामा फर्केकी मनिषाले यो आफ्नो पहिलो पुस्तक भएको बताएकी छिन् ।

द बुक अफ अनटोल्ड स्टोरिज नामको उक्त पुस्तकबारे इन्स्टाग्राममा पोष्ट गर्दै मनिषाले आफ्ना कथाहरु भन्न प्रेरित गरेकोमा पेंगुइन इन्डियालाई धन्यवाद समेत दिएकी छिन् । मनिषाको उक्त पुस्तकमा उनका नभनिएका कैयन प्रेरणादायी कथाहरु रहने अपेक्षा गरिएको छ । मनिषाले पुस्तकमा क्यान्सरलाई कसरी जित्न सम्भव भयो भन्ने विषयमा अनुभवहरु पस्केको जनाइएको छ ।

सन् २०१२ मा मनिषालाई क्यान्सर भएको पत्ता लागेपनि उनको न्युयोर्कमा उपचार भएको थियो । उच्च आत्मवल र उपचारपछि क्यान्सरलाई समेत जितेर मनिषा अभिनय यात्रामा पुन फर्केकी थिइन् । हालै उनी चर्चित चलचित्रमा सन्जुमा सशक्त भूमिकामा देखिएकी थिइन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यान्सरलाई जीतेपछिको मनिषाको मुस्कान । न्युयोर्कको एक कार्यक्रममा नेपालीमाझ मनिषा । फोटो : अशोक पन्त

मनिषाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा रहदा आमा सुश्मा कोइरालाका अविस्मरणीय क्षण

मनिषा कोइरालाको न्युयोर्कमा उपचार भइरहेको थियो । उनको स्वास्थ्यलाभका लागि शुभचिन्तकहरुले शुभकामना दिइरहेका थिए । पाठेघरको क्यान्सरबाट पीडित मनिषाको रेखदेख उनकी आमा सुश्मा कोइरालाले गरिरहेकी थिइन् । त्यस्तैमा एक दिन मनिषा रुन थालिन् ।

अनि मनिषाको आमा सुश्माले उनलाई सोधिन् –“तिमी किन यसरी रोएको ?” मनिषाले भक्कानिदै भनिन् –“म यस्तो जीन्दगी बाँच्न चाहन्न मामु ।” मनिषाको यस्तो कुरा सुनेर सुश्माले भनिन् –“त्यस्तो कुरा नगर । आत्मविश्वासी बन । सबै ठीक हुनेछ । ”

एकदिनमात्र यसरी हार खाएर रुन पुगेकी मनिषाले कहिलेपनि आत्मविश्वास गुमाइनन् । त्यसपछि कहिले पनि जीवनदेखि हारेको कुरा गरिनन् । अन्तत डाक्टरको उपचार र मनिषाको आत्मविश्वासका सामु क्यान्सरले हार खायो । अनि मनिषा क्यान्सरमुक्त भइन् ।

=============================

मुम्बईमा पाँचसातजना काम गर्ने मान्छे राखेकी मनिषा कोइराला र उनकी आमालाई उता कहिले पनि घरायाशी काम गर्नु परेन । भान्साको कामदेखि लण्ड्रीको कामसम्म अरुले नै गरिदिन्थे । त्यसैले मनिषा र मनिषाकी आमाले मुम्बईमा खाना पकाउनु परेन । कपडा धुनु पनि परेन ।

तर उपचारका क्रममा न्युयोर्कमा आउदा भने मनिषाले खाना पकाउने, लण्ड्री गर्ने मात्र नभई घरमा भ्याकुम र पोछा लगाउने प्रयास पनि गरिन् । कामको सधै सम्मान गरिने अमेरिकामा यही कुरा बुझेर उनले आफै काम गर्ने जिद्दी गर्थिन् आमा सुश्मा कोइरालासँग ।

एकदिन मनिषा र उनकी आमा सुश्माले कपडा धुनका लागि वासिंङ मेसिनमा राखे । वासिंङ मेसिनमा कपडा धोएपछि तातो ड्रायरमा कपडा सुकाए । कपडा सुकाएपछि बाहिर निकालेर हेर्दा एउटा बच्चाले लगाउने जस्तो कपडा भेटियो । सुरुमा त उनीहरु बच्चाले लगाउने कपडा आफूकहाँ कसरी आयो भनेर चकित परे । किनभने उनीहरुसँग कोही बच्चा थिएन । तर एकैछिनमा थाहा भयो कि त्यो त मनिषाको स्वेटर पो रहेछ । तातो पानीमा धुन नहुने र तातो ड्रायरमा सुकाउन नहुने त्यो स्वीटर खुम्चिएर बच्चाको कपडा जस्तो भएछ ।

=============================

मनिषा कोइराला बिरामी भइसकेपछि उनका भाई बलिउडका कलाकार सिद्धार्थ कोइराला सपरिवार मनिषालाई भेट्न न्युयोर्क आए । उनीहरु न्युजर्सीमा बसेका थिए , मनिषाले न्युयोर्कमा उपचार गराइरहेकी थिइन् । मनिषालाई भेट्न आएका सिद्धार्थ पनि न्युयोर्कमा नै आए ।

दिदीभाई लामो समयसम्म कुरा गरेर बसिरहे । आफू न्युयोर्कमा हुन्जेल सिद्धार्थले दिदी मनिषालाई एकैछिन पनि छोडेनन् । मनिषाकी आमाले सिद्धार्थलाई पटकपटक परिवारलाई घुमाउन लैजान र सिद्धार्थलाई पनि यताउता घुम्न जानका लागि आग्रह गरिन् । तर सिद्धार्थले मानेनन् । उनले दिदीको आत्मविश्वास बढाउदै बसिरहे ।
दिदीभाईको यस्तो प्रेम देखेर मनिषाकी आमा सुश्माका आँखा रसाए । उनी निकै भावुक भइन् । उनले आशु थाम्न सकिनन् । अनि एक्लै रोइन् ।

=============================

खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँगको कुराकानीमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com