‘मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ…’ भन्दै बिक्रम बरालले गाए राष्ट्रियताप्रति समर्पित गीत


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

नेपाल आइडलमा अब टप ६ प्रतिस्पर्धी मात्रै बाँकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी। अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।

हिजो बिहीबार प्रसारित नेपाल आइडलको ३१ औँ एपिसोडमा टप ६ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन् जसले राष्ट्रियता झल्काउने गर्छ । यस एपिसोडमा चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पनि गेस्टकारुपमा आएका छन् ।

यस एपिसोडमा आज हामी अडिसन राउण्डमा गोल्डेन माइक जितको विक्रम बरालको प्रस्तुती प्रस्तुत गरिरहेका छौँ । उनले यस एपिसोडमा राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेर गीत गाएका छन् ।

उनी हालसम्म निरन्तर राम्रो प्रस्तुती दिएर र जजहरुको वाहवाही पाएर अगाडि बढिरहेका छन् । यो पटक उनले मलाई मेरो देश राम्रो लाग्छ… भन्दै गाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com