सानैमा आमा गुमाउनुको पीडा, जब मोबाइलमा आमा देखाउँदै सुमित भावुक बने (भिडियो)


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

अहिले नेपाल आइडलमा टप ६ प्रतिस्पर्धी मात्रै बाकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी। अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।हिजो बिहीबार प्रसारित एपिसोडमा टप ६ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिए। त्यही प्रस्तुतिको आधारमा नेपाल आइडलको आज शुक्रबार प्रसारित हुने एपिसोडबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन्। हिजो प्रसारित हुने एपिसोड राष्ट्रियता जगमगाउने एपिसोड थियो। जुन एपिसोडमा प्रतिस्पर्धीले राष्ट्रिय गीतमा आफ्नो प्रस्तुति दिए।

हिजोको एपिसोडमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ गेस्ट बनेर आएका थिए।नेपाल आइडलका टप ६ प्रतिस्पर्धी सुमित पाठक नेपाल आइडलको अडिसनमा गोल्डेन माइक जितेर सिधै गाला राउन्डमा आइपुगेका हुन्। उनले हरेक एपिसोडमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् र लाखौ फ्यान कमाइसकेका छन्।एक युट्युब च्यानलसँग कुरा गर्दै उनले आफूले सानै उमेरमा आमा गुमाएको बताएका छन्। ‘म १० वर्षको थिए जब मेरी आमाले यो संसार छाड्नु भयो,’ भावुक हुँदै उनले भनेका छन्। हेर्नुस् उनीसँग विशाल चौतारीले गरेको कुराकानी।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com