कानुनी उल्झन नभएका अध्यागमन फर्म भर्दा चर्को शुल्क तिर्नु नपर्ने


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

कानुनी उल्झन नभएको खण्डमा सामान्य अध्यागमन फर्महरु आफै भर्न सकिने र त्यसका लागि चर्को शुल्क तिर्न आवश्यक नरहेको लुम्बिनी वल्र्डवाइड इन्कका अध्यागमन सेवा प्रदायक स्वतन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले सुझाव दिएका छन् ।

युएससीआईएसका फर्महरु भर्दा युएससीआईएसको आधिकारिक वेवसाइटबाट डाउनलोड गरेर भर्न सकिन्छ, जहाँ फर्म भर्ने तरिका समेत सिकाइएको हुन्छ । जसका लागि पारालिगल वा वकिललाई ठूलो रकम तिर्नु पर्दैन ।

अमेरिकी ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन फर्म डाउनलोड गर्न र भर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

फर्म भर्दा कुनै कन्फयुजन भएमा पारालिगलको सहयोग समेत लिन सकिने र पारालिगलको सहयोग लिंदा सस्तो पर्न जाने घिमिरेको अनुभव छ । तर कानुनी उल्झन भएको खण्डमा लाइसेन्सप्राप्त कानुनी व्यवसायीको सहयोग लिन समेत उनले सुझाव दिएका छन् ।

कुनै अध्यागमन फर्म भर्दा कानुन व्यवसायीले तीनहजार डलरसम्म समेत लिने गर्छन् तर त्यही फर्म पारालिगलको सहयोगमा भर्दा झण्डै ६ गुणा सस्तोमा भर्न सकिन्छ । यदि युएससीआईएस वा निशुल्क सेवा प्रदायक संस्थाको सहयोग लिएमा त्यस्तो फर्म निशुल्क समेत भर्न सकिन्छ ।

मनमोहन सिंह घिमिरेबाट पारालिगल सेवा लिनका लागि सम्पर्क विवरण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com