नेपालका शिक्षक – अमेरिकामा सेफ, स्वादिष्ट नेवारी खानाका साथमा काठमाडौं किचन


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

टिकापुर कैलालीका जीवन बम । नेपालमा शिक्षक थिए, त्यो पनि एकाउन्टेन्टका । नोबल एकेडेमी र शुभश्री एकेडेमीमा प्लस टुका विद्यार्थीहरुलाई पढाउँथे । तर अमेरिकामा आइसकेपछि भने उनी सेफ भएका छन्, खाना पकाउने । नेपालमा चक डस्टरमा रमाउने उनी अहिले किचनमा रमाउँछन् ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका थिए उनले । कम्पनी कर्पोरेटमा स्नातक पनि गरेका थिए बमले । त्यसपछि उनीभित्र अमेरिकाको भूत सवार भयो । त्यसैले १७ बर्ष अगाडि अमेरिका आए, विद्यार्थी भिसामा । एकबर्ष अध्ययन गरिसकेपछि उनले आफ्नो स्टाटस परिवर्तन गरिदिए । अनि रमाउन थाले किचनमा ।

अमेरिका आइसकेपछि उनको जीवनमात्र परिवर्तन भएन, पेशा पनि परिवर्तन भयो । उनले न्युयोर्कको लङ आइल्याण्डमा रहेको कुलिनरी एकेडेमीबाट प्रोफेशनल कुकिङमा ग्रयाजुएट गरे । त्यसपछि लङ आइल्याण्डमा नै तन्दुर किचनमा सेफका रुपमा कैयन बर्ष काम गरे । पछि सन् २००६ तिर न्युयोर्कको क्राउन प्लाजा होटलमा उनले कन्टिनेन्टल खानाको सेफका रुपमा काम सुरु गरे र झण्डै ८ बर्ष त्यहाँ काम गरे ।

त्यही काम गर्दा गर्दै उनले सन् २०१२ मा न्युयोर्कको ज्याक्सनहाइटमा फ्रेण्डस् कर्नर नामको रेष्टुरेण्ट खोले । अहिले त्यो रेष्टुरेण्ट उनको एकल लगानीमा संचालित छ । रेष्टुरेण्ट राम्रो चलेपछि उनले क्राउन प्लाजाको जागिर छाडे । ज्याक्सनहाइटमा नै तिब्बती पार्टनरसँग मिलेर स्पाइसी टिबेट नामको अर्को रेष्टुरेण्ट खोले । पछि एनआरएन सर्भिसेज खोले ज्याक्सनहाइटमा नै । अहिले त्यसमा पनि उनको एकल लगानी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेण्ट पेशाबाट हौसिएका उनले गतबर्षको डिसेम्बरमा उडसाइडमा पार्टनरसँग मिलेर काठमाडौं फ्युजन किचन खोले । अहिले यो पनि उनको एकल लगानीमा संचालित छ ।
काठमाडौंमा अध्ययनका क्रममा समेत कहिले किचनमा छिरेनन् उनी । किचनमा काम गर्ने छुट्टै मान्छे राखेका थिए । जीवनमा कहिलेपनि खाना पकाउने लाइनमा छिर्छु भन्ने कल्पना नै गरेका रहेनछन् उनले । उनी भन्छन् – ‘तर अमेरिकामा जब रेष्टुरेण्टको किचनमा छिरें । तब निकै मज्जा आयो । म किचनमा निकै रमाउन थालें ।’

अमेरिका आइसकेपछि किचनमा रमाउन थालेका उनलाई झण्डै १६ बर्षदेखि किचनबाट बाहिर निस्कनु परेको छैन । १६ बर्ष लामो अनुभवबाट उनले आफ्नै लगानीमा रहेको उडसाइडमा रहेको काठमाडौं फ्युजन किचनमा सेफका रुपमा समेत काम गर्छन् । एकजना नेवारी सेफको मद्दतबाट उनले काठमाडौं फ्युजन किचनमा स्वादिष्ट नेवारी खाना उपलब्ध गराउन थालेका छन् । उनी भन्छन् -‘न्युयोर्कमा अथेन्टिक नेवारी खाना नभएको नेवार साथीहरुबाटै गुनासो आयो । त्यसैले हामीले अथेन्टिक नेवारी खाना उपलब्ध गराउन सुरु गरेका छौं ।’

रेष्टुरेण्टमा समयबजी, बारा, चटामरी लगायतका नेवारी खानाहरु उपलब्ध छन् । पाटनकै शैलीमा समयबजी उपलब्ध गराउने गरेको उनको भनाई छ । रेष्टुरेण्टमा नेवारी बाहेक नेपाली, भारतीय र तिब्बती खानापनि उपलब्ध रहेको छ ।

काठमाडौं फ्युजन किचनमा उपलब्ध केही स्वादिष्ट परिकार । फोटो : खसोखास

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com