फोहोरको थुप्रोमा यसरी भेटिएको थियो अपहरित बालक प्रयास कुँवरको शव
प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार
काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको थियो ।पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् ।प्रसाईंले भने, ‘ हत्यापछि म्हेपीमा शव लुकाएको सूचनापछि त्यहाँ जाँदा बालकको शव भेटियो ।’ उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र एेसके छन् ।उनी होटल सञ्चालकका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए ।बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालि कले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको एेसकेले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन ।थप अनुसन्धान जारी छ ।प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।






