‛कमाएर श्रीमानलाई सहयोग गरौंला भनेर पासपोर्ट बनाएँ, स्याहार गर्न विदेश आउनु पर्यो′


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

कमाउन परदेश उडेका सुमन दिनहुँ परिवारसँग टेलिफोनमा कुरा गर्नुहुन्थ्यो ।

तर लक्ष्मी पूजाको दिनदेखि तीन दिनसम्म कुनै खोजखबर नहुँदा परिवारका सबै चिन्तित थिए । ‛परिवारका सबै आत्तिएका थियौं′ दुवै मृगौला फेल भएर आवुधावीको खालिफा अस्पतालमा उपचाररत चितवन रत्ननगर–२ टाँडीका सुमन परियारकी श्रीमती सबिता परियारले भन्नुभयो । श्रीमानलाई स्याहार गर्न उहाँ अहिले आवुधावी आइपुग्नुभएको छ ।

यहाँ आउनुअघि फोनमा कुरा हुँदा सुमनले पेट दुखेको बताउनुभएको थियो । ‛ग्यास्ट्रिकले होला समयमै खाना खाने गर्नुहोला भनेकी थिएँ′ सविताले भन्नुभयो । तीन दिनपछि सुमनका म्यानेजर समेत रहेका चितवनकै सन्जु तमुले फोन गरेर सुमन अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो । सुरुमा दुवै मृगौला फेल भएको भन्ने सुनेर परिवारका सबैलाई पत्याउनै मुश्किल पर्यो ।

घरको एउटा छोरो, त्यो पनि विदेशमा अस्पताल भर्ना भएको सुनेर रुवाबासी चल्यो । म्यानेजर सन्जुले परिवारलाई सुमनको स्वास्थ्यबारे दैनिक जानकारी दिनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुमनलाई भेट्न दैनिक १५ जना अस्पताल पुग्थे । पालैपालो गरेर कम्पनीका नेपाली सहकर्र्मीहरु कुरुवा बस्थे । कम्पनीको काम र बिरामी कुरुवा बस्दा सबैलाई समस्या थियो ।

सुमनले अस्पतालको बेड छेउमा राखेको एउटा डायरीमा परिवारको सम्झनाले पिरोलेको लेख्नुभएको थियो । सुमनलाई भेट्न पुगेका गायक प्रकाश पौडेलले श्रीमतीलाई भिजिट भिसामा ल्याए सजिलो हुने भए आफूहरुले सहयोग गर्ने बताउनुभयो ।

अर्काे दिन सविताको भिसा पनि निस्कियो । दुतावासले अध्यागमनलाई सिफारिस पत्र बनाइदियो । आबुधाबीमै कार्यरत अमृता सिग्देलले नेपाल एयरलाइन्सको सहुलियत टिकट जुटाउनु भयो ।

६ महिनाअघि सुमन बिदामा नेपाल गएको बेला परिवारमा सल्लाह भएको थियो, बुवाआमाको उमेर छँदै श्रीमान श्रीमती मिलेर कमाउने र नेपाल फर्केर केही व्यवसाय गर्ने ।

सबैको सल्लाहमा सबिताको पासपोर्ट बनाउने कुरा भयो । सबिताले दुई महिना पहिले पासपोर्ट पनि बनाउनुभएको थियो । त्यही पासपोर्टले उहाँलाई विदेश आउन सजिलो भयो । तर कमाउन हैन, बिरामी श्रीमानलाई स्याहार गर्न ।

कमाएर श्रीमानलाई सघाउने र सबै परिवार सँगै बस्ने योजना बुनेर बसेकी सवितालाई बिरामी श्रीमानको स्याहार गर्न बिदेश आउनु पर्छ भन्ने कहिल्यै लागेको थिएन । बिहानै अस्पताल पुगेर श्रीमानलाई भेट्दा दुवैका आँखा रसाए । सन्जुले दुबै जनालाई सम्झाउनु भयो । अस्पतालको बेडमा श्रीमती देखेपछि सुमनको अनुहारमा चमक देखियो ।

धन्य खालिफा अस्पताल उपचार गर्न सुमन युएईको सरकारी शेख खालिफा अस्पतालमा भर्ना हुनुभएको थियो । कम्पनीले गरिदिएको बिमाले उहाँको सबै उपचार सम्भव थिएन ।

अत्यावश्यक भएर अस्पताल भर्ना भएका सुमनलाई पहिलो चरणको उपचार खर्च अस्पताल आफैंले गरिदियो । १५ दिन अस्पताल बस्दा दैनिक ३ पटक खाना र ९ पटकसम्म डायलायसिस खर्च अस्पतालले व्यहोरिदियो ।

सुमनका दुवै मृगौला काम नलाग्ने भएका छन् । जतिसक्यो छिट्टो फेर्नुपर्छ, नफेर्दासम्म नियमित डायलायसिस गर्नुपर्छ भन्दै अस्पतालले मंगलबार डिस्चार्ज गरिदियो ।

अब साताको तीन पटक अस्पताल पुगेर डायलायसिस गर्नुपर्छ । केही समय आराम गर्नुपर्ने र मृगौला पाएपछि फेर्नुपर्ने भन्दै डाक्टरले कुनै पनि समय असजिलो भए अस्पताल आउन सुझाएका छन ।

उभिन नसक्ने अवस्थामा अस्पताल पुर्याएको मान्छेलाई तँग्राएर घर पठाउँदै गरेको देखेर सुमनका म्यानेजर समेत रहेका सन्जुले अस्पताललाई ‛धन्य खालिफा′ भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com