धनकुटाकी बन्दनाले राखिन् नाचेर विश्व रेकर्ड, तोडिन भारतको रेकर्ड


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

नेपालमा हरेक क्षेत्रमा विश्व रेकर्ड राख्नेहरुको लाम पछिल्लो समय बढेर गएको छ । यस्तैमा कला र संगीत क्षेत्रको लागि विशेषगरि खुशिको खबर सार्बजनिक भएको छ । केही समय अघि नाचेर विश्व रेकर्ड राख्ने घोषणा गरेकी बन्दना नेपालले अन्ततः आज मंसिर १२ गते विश्व रेकर्ड कायम गरेकी छिन् । सबैभन्दा लामो समय अर्थात १२६ घण्टा निरन्तर नाचेर उनले गिनिज बुकमा नाम लेखाएकी हुन ।

मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो नृत्यको यात्रा शुभारम्भ गरेकी बन्दनाले भारतको रेर्कडलाई आजबाट तोडेकी हुन । उनले आज बुधबार १२ बजेर १६ मिनेटमा तोडेको भारतको रेकर्ड सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर सुरक्षीत गरेकी थिइन् ।

अब गिनिज बुकमा सबैभन्दा बढी नृत्य गर्ने ब्यक्तिको खोजी गर्दा नेपाली चेली बन्दनाको नाम आउने निश्चित भएको छ । हरेक घन्टाको ५ मिनेट बन्दनाको लागि सौचालय र पानी खानको लागि समय ब्रेक गरिएको थियो भने उनको उत्साह र र कामलाई हौसला दिनको लागि विभिन्न कलाकारको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । निर्णायक पनि राखिएको सो कार्यक्रममा बन्दनाको नृत्यलाई ३ ओटा क्यामेराले कैद गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com