अब हिन्दुरास्ट्रको लागि अन्तिम लडाई लडछौ, राजतन्त्र फ़र्काएरै छोडछौ : ज्ञानेन्द्र


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

काठमाडौं राष्ट्रलाई विदेशीबाट खतरा नदेख्ने तर पुर्वराजा ज्ञानेन्द्रबाट खतरा देख्नु पागलपन हो
अनिल योगी -केही नालायक तत्व र ब्यक्तिहरु नेपालमा राजसंस्था फर्कियो भने देश बर्वाद हुन्छ भन्न थालेका छन । दलालीकरण, सिमा कब्जा र आर्थिक उपनिवेशबाट देशलाई महा धोका र घात हुने कुरा कसैले सोचेका छैनन् । वर्तमान राजनीतिक दल र खासगरि नेकपाले सञ्चालन गरेको फगत राजनितीक ब्यवस्था र सत्तालाई स्वयम् समीक्षा गर्नु आबस्यक ठानिरहेका छैनन् ।

बिदेशिको कुल्ली हुनका लागि पनि आवश्यक योग्यता नभएकाहरुलाई राजसंस्थाले देश जोडेर, जोगाई दिएको हुनाले सान र मानको जीवन बाँच्न पाएका हौं भन्ने कुराको हेक्का नहुनेहरुको घटिया सोच विचारको जति भत्सर्ना गरे पनि कम हुन्छ । यसको अर्थ यो होईनकी हालका दलहरुभन्दा शाह वंशिय साशन पूर्ण रुपमा ठिक थियो । निरासाको मुखमा पुग्दाको अवस्थामा तुलना गर्न मन लाग्ने रहेछ । उ भन्दो यो ठिक, यो भन्दा उ ठिक भन्ने स्थानमा पु्गिने रहेछ ।

२००७ सालको परिवर्तन पछि नेपालमा आएर बसेको भारतीय सेना र मन्त्री परिषदमा भारतीय प्रतिनिधि बस्ने ब्यवस्था हटाउने राजसस्था र राजा हुन कि राजसस्थाबाट देशलाई खतरा देख्ने कुनै बिदेशीका दलाल हुन् ?
नेपाली समाजलाई कित्ता कित्तामा बिभाजन गर्दै युद्ध आतंक मचाउदै,आफ्नो दुनो सोझ्याएको अपराधलाई जानाजान लुकाई रहेका छन् । बिदेशीबाट देशलाई खतरा नदेख्ने, तर नेपालको भुगोलिक अखन्डतालाई सुरक्षित राख्ने र नेपालीलाई बिदेशीको दास हुनबाट जोगाउने राज संस्थाबाट देशलाई खतरा देख्ने, चुतियाहरुको चेतना र चिन्तनको कुनै उपचार छैन । त्यो एक प्रकारले पागल पनको उपज हो ।

जसले देशमा चरम भ्रष्टाचार गरेका छन् , राज्यलाई आफ्नो बिर्ता जस्तै बनाएका छन्, सत्ता र शक्तिमा बसेर नेपाली जनताकाबीचमा आफै राजा बन्न पाएका छन् । बिदेशीसंग नचाहिंदो सम्बन्ध राखेर धन सम्पती जोढेका छन र आफ्नो जीवन शैलिको चरम विकास गर्न पाएका छन् ।

तिनीहरुका लागि राज संस्था पुन:रस्थापना भयो भने पक्कै पनि खतरा छ । २००७ साल देखि २०१७ सालसम्म राज्यमा लुटखसोट गर्ने नेताहरुलाई राज संस्था र राजाले कुनै कठोर सजाय दिएको ईतिहास पढ्न पाईदैन । राजा र राज संस्थाले राष्ट्रलाई थिती र बिधिमा चलाउने प्रयास पक्कै पनि गर्दो रहेछ भन्ने ईतिहास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com