डुबेका किशोरको शव चार दिनपछि भेटियो, कृतिम तालमा एक वर्षमा पाँचको मृत्य


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

घोराही उपमहानगरपालिका १७ गुलरियास्थित कृतिम तालमा आइतबार अपरान्ह डुबेका घोराही १५ का १८ वर्षीय लक्ष्मण डिसीको शव बुधबार विहान फेला परेको छ ।

नजिकै रहेको खेलकूद मैदानमा साथीहरुसँग क्रिकेट खेलेर कृतिम तालमा पौडी खेल्न गएका डिसी आइतबार अपरान्ह डुबेका थिए । लगातार चार दिनको खोजीपछि उनको शव फेला परेको हो ।

आइतबार रातीदेखि निरन्तर तालको चारैतिर पम्पसेट राखेर पानी फालिएपछि डाँगीको शव भेटिएको हो । लामो समयसम्म पनि शव भेटाउन नसकेपछि चितवनको कुरिनटारबाट गोताखोर मगाइएको थियो । धमिलो पानी र हिलो भएका कारण गोताखोरले पनि समयमै शव भेटाउन सकेका थिएनन् ।

डाँगी घोराहीस्थित गोर्खा माविमा कक्षा १२ मा अध्ययनरत थिए । घोराही उपमहानगरपालिकाले चिस्यान बढाउन, सिचाई गर्न र पर्यटन प्रर्वद्धन गर्न बिभिन्न ६ ठाउँमा कृतिम तालहरु निर्माण गरेको छ । तालहरु खुला हुँदा जोखिम बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिभिन्न कृतिम तालमा डुबेर एक वर्षमा पाँच जनाको ज्यान गैसकेको छ । अब तालको तारबार गर्ने योजना बनाएको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताएका छन् ।

तालमा डुबेका किशोरको खोजीमा खटेका मानिसहरु । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com