गरिबीमाथि फुलेको फूल: नेपाल आइडलका एक अब्बल प्रतिस्पर्धि रवि अोड


प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार

भौगोलिक रुपमा देशको राजधानीबाट दूर रहेको शुदुरपस्चिम सधै राज्यबाट उपेक्षित रुपमा हेरियो । बिकास निर्माण लगायतका समयसापेक्षित कुराहरुबाट पनि पिछडिएको यो क्षेत्र सधै राजधानीबाट दूर दूर लागिरह्यो  र अझै कतिन्जेल लागिरहने छ  । यो एउटा सिलसिला जस्तै बनिसक्यो ।भाषा , कला र साहित्यकाे समिश्रणले छुट्टै छ यहाँकाे पहिचान । छुट्टै छ यस्काे मुल्य र मान्यता । देउडाकाे लयसङ्गै साउति मार्ने सुदूरकाे माटो अपि र शैपालसंगै मुस्कुराउछ । सेति र महाकालीसंगै बगाउछ दुखका बिसाल पहाडहरु । कर्णालीसंगै दुखेर साट्छ दुखको अाधा ब्रहमाण्ड । तरपनि यो क्षेत्र अझै उपेक्षित छ राज्यको नजरबाट । खप्तड, रामाराेशनमा गुन्जीने ठाडिभाखा, खुसिकाे बहार बोकेर ल्याउने हुड्केउली, थकानकाे चौतारी बनिदिने पुतला, इतिहासकाे स्मरण गराउने भुवाे यो देशले कहिल्यै चिनेन ।

नेपाल अाइडल, रवि अाेड र देउडा
नेपाली गितसंगितको चर्चित र ठुलाे रियालीटी साेमा अक्सर नेपाली भाषाकै गितहरू गुन्जिन्छन । नेपाल अाइडल नेपाली गित संगित, गायक र नवगायकहरुलाई स्थापित गराउने र उनिहरुकाे पहिचानलाई उजागर गर्न सघाउने कार्यक्रम बनिरहेकाे छ । जहाँ हरेक किसिमका नेपाली गितहरु गुन्जिने गरेकाछन ।त्यहि रियालीटि साे मा अाफ्नाे गायनको जादु देखाउदै टप ६ मा पुगेका प्रतिस्पर्धीहरू मध्यको एउटा नाम हो रवि अोड । सामान्य परिवारमा जन्मिएर हुर्किएका रविको अहिलेको अवस्था पनि सामान्य छ ।उनको समग्र परिवेश सामान्य भएपनि उनि भित्रको गायन कला भने असामान्य रहेको छ । सबै किसिमका गितलाई न्यायपुर्ण तरिकाले प्रस्तुत गर्नसक्ने रवि नेपाल अाइडलको धनगढी अडिसन हुदै टप ६ सम्म पुगेका छन । याे यात्रा तय गर्ने क्रममा उनले धेरै गितहरु गाए, धेरैकाे मनपनि जिते र धेरैको माया समेत पाइरहेका छन् ।

रवि अाेडको नेपाल अाइडलकाे यात्रा अन्य प्रतिस्पर्धीको जस्तै हाे । तर उनले त्याे स्टेजमा पुगेर अन्य प्रतिस्पर्धीले जस्तै गितमात्रै गाएनन् । देशको नजरबाट दूर रहेको सुदूरकाे देउडालाई गुन्जाए । जसकाे गुन्जयमान देश बिदेमा रहेका रहेक गितसंगित पारखीसम्म पुग्यो । देउडाले त्यति ठुलाे स्टेजबाट बोल्यो : “हामीलाई दूरकाे नजरले नहेर्नुस हामी यहि देउकाे एउटा कुनामा गुन्जिने भाका हौं”रविले ‘झुपा तम्राई मायाले’ गित गाइरहदा देउडाले यो देशलाई प्रेमले सम्बोधन गरिरहेको थियो । सुदूरबाट नेपाली गितसंगितलाई प्रेम गरिरहेका रविलाई अब सबै नेपालीले माया गर्नेबेला अाएको छ । उनलाई याे यात्रामा अझै माथि पुर्याउने बेला अाएकाे छ । अाउनुस यो यात्रामा रविलाई यात्रि बनाएर पठाअौं ।

काे हुन रवि अाेड ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र अाेड र अामा उमा अाेडकाे काेखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि अामा बुवाकाे तेस्राे सन्तान हुन । मुख्य अायश्राेत र राेजिराेटिकाे अाधार भारतकाे ‘वाचम्यान’काे जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनकाे पुर्ख्याैली थलाे साविककाे अछाम बुढाकाेट गाविस हाे भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छाेडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र अाफ्नाे पुर्ख्याैली थलाेमा पुग्ने अधुराे रहर भनै अझै जिवितै छ । लाेटस अाइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितकाे रसले छाेइरहेकाे छ । बाध्यता गरिवीकाे जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानकाे’ काम गरिरहेका छन । उनि अाफै पनि भारतमा गएर काम गरेकाे स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले । उनका बुवा चाहान्थे कि जुन दुख अाफुले भाेगिरहेकाे छु त्याे मेरा सन्तानले भाेग्न नपराेस, जसरी अाफुले अर्काकाे देशमा पसिना बगाइरेकाे छु त्यसरि मेरा सन्तानकाे रगत र पसिना अाफ्नै देशमा बगाेस…..

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याकाे प्रेरणाबाट गीत संगितमा लागेकाे बताउछँन् । बाज्याले अछामी माैलीक गितहरू गाउने गरेकाे उनि बताउछन । बाज्याले गाएकाे सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितकाे मात चढ्याे । उनकाे अावाज बुढिगंगा जस्तै कलकल कलकल अाफ्नै गतिमा बगिरहन्छ । तर जब उनि पप लगाएत अन्य हाइ रेन्जकाे गित गाउछन उनकाे अावाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखाेलकाे रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र हाेइन उनि खप्तड रामाराेशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामाराेशनकाे काखका रहेका उनि खप्तड, रामाराेशनजस्तै राज्यकाे नजरबाट टाढा रहन चाहादैनन । अाफ्नाे हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेराे गित संगितकाे प्रेरक बाज्या र मलाइ जन्माउने अामा मसंग छैनन । यदि उनिसंगै भइदिएकाे भए याे खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ : उनि भन्छन

प्रदेश ७ बाट नेपाल अाइडलकाे स्टेजमा उभिएका अन्य सबै प्रतियोगी बाहिरिएका छन् । धनगढी अडिसनबाट उक्त रियालिटी सो मा सहभागीता जनाएका रवि भने अाफुले अझै राम्राे गर्ने बिश्वास देखाछन । धनगढीको दोहोरी साँझमा गित गाएर करिब चार वर्ष अघीबाट मात्रै उनि संगीतमा सक्रिय भएर लागेका हुन् । जस्ताे सुकै गित गाउन मन पराउने उनलाइ नेपाली संगित क्षेत्रमा शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीतहरु बढी मन पर्छन्। अाफ्नाे साधना र लगनसिलताले टप ६  मा अटाएका उनले अबकाे बाँकि यात्रामा सबैकाे आशिर्बाद, माया र सहयाेगकाे अपेक्षा गरेकाे बताउछन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com