नेपालकी बन्दनाले नाचेरै राखिन् विश्व कीर्तिमान


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

१७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले आज बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएपनि उनले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

गिनिज बुक अफ वर्ल्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

नृत्यस्थलमा ६० वटा नेपाली लोकलयका गीत निरन्तर बजिरहेको छ । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।
गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य रोकेकी छैनन् । नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या देखिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । बुबा राम नेपालका अनुसार उनी बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।

गत वर्ष भारतको केरलामा नृत्य सिक्न जाँदा उनले निरन्तर नाचेर भारतकी कलामण्डलमले वल्र्ड रेकर्ड बनाएको बारे बुझ्ने अवसर पाएकी थिइन् । नेपाल आएपछि नाचेरै विश्व रेकर्ड बनाउने लक्ष्य राखेर उनी अघि बढ्दै आएकी थिइन् । बन्दनाले सय घण्टा निरन्तर नाचेर यो अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी हुन् ।’

बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् । एक वर्षदेखि नृत्यकी गुरुआमा बनेकी बन्दनालाई हौसला दिन उनका चेलाचेली पनि कार्यक्रमस्थलमा आएर पालैपालो नाच्ने गरेका छन् । त्यहाँ पुगेको जोकोही अतिथिले पनि प्रेक्षालयमा नृत्य गरिरहँदा बन्दनाको हौसला बढेको छ । आफ्नो हौसला निरन्तर बढाउन बन्दनाले पनि अनुरोध गरेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com