न्यूयोर्क सिटीका पदाधिकारी र नेपालीबीच प्रत्यक्ष अन्तरसम्वाद हुँदै


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

एनआरएनए न्यूयोर्क च्याप्टरको सहआयोजनामा बुधवार न्यूयोर्क सिटी काउन्सिल सदस्य कोष्टा कोन्ष्टान्टिनिडेससंग अन्र्तकृया कार्यक्रम हुँदैछ । न्यूयोर्कमा हुने कार्यक्रममा नेपाली भाषी समुदायलाई प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन एनआरएनए न्यूयोर्क च्याप्टले आग्रह गरेको छ ।

सामुदायिक श्रोत मेला नाम दिईएको उक्त कार्यक्रममा सिटी काउन्सिल सदस्य कोष्टा कोन्ष्टान्टिनिडेस संगै न्यूयोर्क सिटीका महत्वपूर्ण निकायका प्रतिनिधिहरु उपस्थित हुने जानकारी दिइएको छ ।

कार्यक्रममा न्यूयोर्कमा रहेका बिभिन्न संघ सस्था तथा निकायहरुबाट प्राप्त गर्न सकिने सेवा र सुविधाका लागि यो मेला सहयोगी हुने च्याप्टर अध्यक्ष रामहरी अधिकारीले जानकारी दिएका छन् । उनले भने – ‘तपाईहरु कार्यक्रममा सहभागि भएर सिटीका पदाधिकारीसंग आफुलाई लागेका र नबुझेका बिषयहरुमा प्रश्न सोध्न सक्नुहुनेछ ।’

यस कार्यक्रमले समुदायबाट आएका प्रश्नहरुका आधारमा सिटीका प्रतिनिधिहरुलाई हाम्रा बीचमा रहेका समस्या र समाधानका उपाए खोज्नका सहयोगी हुने र नेपाली समुदायसंग सहकार्य गर्नका लागि सहयोग पुग्ने विश्वास एनआरएन न्युयोर्क च्याप्टरले गरेको छ ।

कार्यक्रममा न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्न सम्पूर्ण नेपालीभाषी समुदायलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com